नेप्सेमा ५ कम्पनीको शेयर मूल्य समायोजन, कुनको कति कायम ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज पुस २१ गते बुधबार ५ वटा कम्पनीको शेयर मूल्य समायोजन भएको छ । साधारणसभा प्रयोजनको लागि आज बुक क्लोज गर्ने निर्णय गरेका ४ कम्पनी र हकप्रद निष्काशनको लागि आज बुक क्लोज गर्ने निर्णय गरेको १ कम्पनी गरी कुल ५ कम्पनीको मूल्य समायोजन भएको हो । साधारणसभा प्रयोजनको लागि आज पुस २१ गते बुक क्लोज गर्ने निर्णय गरेका जनउत्थान सामुदायिक लघुवित्त, कालिका लघुवित्त, पोखरा फाइनान्स र मल्टीपर्पस फाइनान्सको बोनसमा मूल्य समायोजन भएको हो । त्यस्तै हकप्रद निष्काशनको लागि आज बुक क्लोज गर्ने निर्णय गरेको छ्याङदी हाइड्रोको आज मूल्य समायोजन भएको हो । पुस २० गते सम्म कायम शेयरधनीले यी कम्पनीको सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लाभांश लगानीकर्तामा बितरण हुने छ । त्यस्तै पूस २० गते सम्म कायम शेयरधनीले छ्याङदी हाइड्रोको हकप्रद पाउन सक्ने छन् ।जनउत्थान सामुदायिक लघुवित्तको २५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता २३८३.०२ कायम भएको छ । कालिका लघुवित्तको १३ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ११६३.७२ कायम भएको छ । मल्टीपर्पस फाइनान्सको १३ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ४१६.८१ कायम भएको छ । पोखरा फाइनान्सको ८.०८ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ४४०.४३ कायम भएको छ । छ्याङदी हाइड्रोको ३० प्रतिशत हकप्रदमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ३९६.१५ कायम भएको छ । जनउत्थान सामुदायिक लघुवित्तले आर्थिक बर्ष २०७७-०७८ बाट सेयरधनीहरुलाई २६.३१५७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश मध्ये २५ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित १.३१५७ प्रतिशत नगद लाभांश रहेको छ। हाल लघुवित्तको चुक्तापुंजी ११ करोड ८३ लाख २४ हजार ८०० रहेको छ। लाभांश वितरण पश्चात चुक्तापुंजी १४ करोड ७७ लाख पुग्नेछ। कम्पनीले पुस ३० गते साधारणसभा आह्वान गरेको छ ।कालिका लघुवित्तले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको १३ प्रतिशतले हुन् आउने ३ करोड ५९ लाख ९४ हजार ५ सय १६ रुपैयाँ ३५ पैसा बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो। हाल कम्पनीको चुक्ता पुंजी २७ करोड ६८ लाख ८० हजार ८ सय ९५ रुपैयाँ रहेको छ । कम्पनीले पुस ३० गते साधारणसभा आह्वान गरेको छ ।पोखरा फाइनान्सले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको ८.०७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ०.४२५ प्रतिशत नगद लाभांश गरि कुल ८.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले पुस ३० गते साधारणसभा आह्वान गरेको छ ।मल्टीपर्पस फाइनान्सले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको १३ प्रतिशतले हुन आउने ५ करोड २० लाख बराबरको बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ०.५२६ प्रतिशत हुन आउने नगद लाभांश गरि कुल १३.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले पुस ३० गते साधारणसभा आह्वान गरेको छ ।

सम्बन्धित सामग्री

समता घरेलु लघुवित्तको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतवार (आज) समता घरेलु लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।  नेप्सेले कम्पनीको ५ दशमलव ४३ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. ६७४ कायम भएको छ ।  नेप्सेले आइतवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । आइतवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ७०० मा अन्तिम कारोबार भएको थियो ।  यही समायोजित मूल्यलाई आधार मानेर सोमवारदेखि दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ ।

मैलुङखोला जलविद्युत कम्पनीको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मैलुङखोला जलविद्युत कम्पनी लिमिटेडको शेयर मूल्य बिहीवार (आज) समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।  नेप्सेले कम्पनीको २ दशमलव २२११ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. ४६१ दशमलव ७४ कायम भएको छ ।  नेप्सेले बिहीवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । बिहीवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४७२ मा अन्तिम कारोबार भएको थियो ।  यही समायोजित मूल्यलाई आधार मानेर आइतवारदेखि दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ ।

डिप्रोक्स लघुवित्तको शेयर मूल्य समायोजन

काठमाडौं । बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।  नेप्सेले कम्पनीको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको शेयर मूल्य रू. ७२५ दशमलव १८ कायम भएको छ ।  नेप्सेल बुधवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । बुधवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ७९७ दशमलव ७० मा अन्तिम कारोबार भएको थियो ।  यही समायोजित मूल्यलाई आधार मानेर भोलि अर्थात बिहीवार दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ ।

स्वरोजगार लघुवित्तको शेयर मूल्य समायोजन

काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यस कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।  नेप्सेले कम्पनीको ७ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको शेयर मूल्य रू. ५९१ दशमलव ६८ कायम भएको छ ।  नेप्सेले बिहीवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । बिहीवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ६३३ दशमलव १० मा अन्तिम कारोबार भएको थियो । यही मूल्यका आधारमा आइतवार कम्पनीको  शेयर कारोबार खुला हुनेछ ।

दुई कम्पनीको शेयर मूल्य समायोजन

काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । नेपाल इन्स्योरेन्स र मितेरी डेभलपमेन्ट बैंकको शेयर मूल्य समायोजन भएको छ । यी दुबै कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।  नेप्सेले मितेरी डभेलपमेन्ट बैंकको ९ दशमलव ५० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. ३९० दशमलव ८७ कायम भएको छ ।  नेप्सेले बुधवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । बुधवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४२८ मा अन्तिम कारोबार भएको थियो ।  त्यस्तै नेप्सेले नेपाल इन्स्योरेन्सको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. ७९५ दशमलव ४५कायम भएको छ ।  नेप्सेले बुधवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । बुधवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ८७५मा अन्तिम कारोबार भएको थियो ।  यही समायोजित मूल्यलाई आधार मानेर भोलि बिहीवार यी कम्पनीको दोस्रो बजारमा शेयर कारोबार खुल्नेछ ।

नेप्सेमा ५ कम्पनीको शेयर मूल्य समायोजन, कुनको कति कायम ?

आज पुस १५ गते बिहिबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ५ वटा कम्पनीको शेयर मूल्य समायोजन भएको छ । साधारणसभा प्रयोजनको लागि आज पुस १५ गते बुक क्लोज गर्ने निर्णय गरेका समिट लघुवित्त, मन्जुश्री फाइनान्स, चिलिमे हाइड्रो ,  एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्ट, र इन्फिनिटी लघुवित्तकोमूल्य समायोजन भएको हो ।  पुस १४ गतेसम्म कायम शेयरधनीले मात्र यी कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । चिलिमे हाइड्रोको ७.५० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ४६७.८१ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ५०२.९० रुपैयाँ थियो । इन्फिनिटी लघुवित्तको २७.७० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता १३०७.७५ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता १६७० रुपैयाँ थियो । मन्जुश्री फाइनान्सको ४० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ६७०.७१ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ९३९ रुपैयाँ थियो । एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्टको ५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ५११.४३ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ५३७ रुपैयाँ थियो । समिट लघुवित्तको २५.२८५३ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ११६५.३४ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता १४६० रुपैयाँ थियो । समिट लघुवित्तले पुस २४ गते साधारणसभा आह्वान गरेको छ भने २५.२८५३ प्रतिशत बोनस शेयर प्रस्ताव गरेको छ । मन्जुश्री फाइनान्सले पुस २५ गते साधारणसभा आह्वान गरेको छ भने ४० प्रतिशत बोनस र ६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । चिलिमे हाइड्रोले पुस २३ गते साधारणसभा आह्वान गरेको छ भने ७.५ प्रतिशत बोनस र ७.५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्टले पुस २९ गते साधारणसभा आह्वान गरेको छ भने ५ प्रतिशत बोनस र ०.२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।  र इन्फिनिटी लघुवित्तले पुस २७ मा साधारणसभा आह्वान गरेको छ भने २७.७ प्रतिशत बोनस शेयर र १.४६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।  कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्ताले कम्पनीले प्रस्ताव गरेको लाभांश पाउन सक्ने छन् ।

नेप्सेमा ३ कम्पनीको शेयर मूल्य समायोजन, कुनको कति कायम ?

आज पुस १३ गते नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ३ वटा कम्पनीको शेयर मूल्य समायोजन भएको छ । साधारणसभा प्रयोजनको लागि आज पुस १३ मै बुक क्लोज गर्ने निर्णय गरेका नेपाल हाइड्रो डेभलपर, निर्धन उत्थान लघुवित्त र महालक्ष्मी विकास बैंकको शेयर मूल्य समायोजन भएको हो ।महालक्ष्मी विकास बैंकको २० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ४७०.३३ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य ५६४.४० रुपैयाँ रहेको थियो । निर्धन उत्थान लघुवित्तको २९.५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता १२००.७७ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य १५५५ रुपैयाँ रहेको थियो । नेपाल हाइड्रो डेभलपरको ७ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ३६५.४२ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य ३९१ रुपैयाँ रहेको थियो । पुष १२ गतेसम्म कायम सेयरधनीहरुले मात्र यी कम्पनीको साधारणसभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउनेछन् । नेपाल हाइड्रोले  पुस २८ गते कम्पनी रजिष्टर्ड कार्यालय डिल्लीबजारमा दिनको ३ बजे साधारणसभा डाकेको छ।  नेपाल हाइड्रोले ७.३६८४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जस मध्ये ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।३६८४ प्रतिशत नगद लाभांश रहेको छ।  त्यस्तै निर्धन उत्थान लघुवित्त वित्तीय सँस्थाले  पुष २५ गते नक्साल स्थित आफ्नो केन्द्रिय कार्यलयमा दिनको १ बजे साधारणसभा डाकेको छ। कम्पनीले ३१.०५२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। कम्पनीले  २९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५५२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ। महालक्ष्मी विकास बैंकले पुष २५ गते त्रिभुवन आर्मी अफिसर क्लब, टुँडिखेलमा दिनको ११ बजे साधारणसभा डाकेको छ । कम्पनीले २१.०५२६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। जसमा २० प्रतिशत बोनस सेयर र १.०५२६ प्रतिशत नगद लाभांश रहेको छ।