पाल्पा – पाल्पाको तानसेन नगरपालिकाले ८५ वर्ष उमेर पूरा भएका दुई सय ६७ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्दै स्वास्थ्य परीक्षण गरेको छ ।
उहाँहरुलाई स्वास्थ्य परीक्षण र औषधिसहित कपडा, पौष्टिक आहार प्रदान गरिएको तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले जानकारी दिनुभयो । नगरप्रमुख शाहीका अनुसार उहाँहरूलाई ब्ल्याङ्केट, ज्याकेट, जुत्ता, मोजा, टोपी र झोला प्रदान गरिएको छ ।
ज्येष्ठ नागरिकको जीवनबाट भावीपुस्ताका लागि ठूलो सिकाइ मिल्ने भन्दै उहाँहरुलाई मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत सम्मा...