काठमाडौँ : नेपाली सेनाले विश्वमा नयाँ शीतयुद्धको थालनी हुन लागेको आभास भएको बताएको छ। अन्तरराष्ट्रिय मञ्चमा हाल भइरहेको द्वन्द्व एवं युद्धका घटनाहरूले शक्ति राष्ट्रहरुबीचको ध्रुवीकरण बढ्दै गएको सेनाले उल्लेख गरेको छ । प्रधानसेनापति प्रभुराम शर्माले शक्ति केन्द्रको रूपमा स्थापित हुने होडबाजीले भौगोलिक एवं आर्थिक रूपमा साना मुलुकलाई आफ्नो अस्तित्व अक्षुण्ण राख्न चुनौती समेत थपिएको बताए।सैनिक कमान्ड तथा स्टाफ कलेजमा आयोजित राष्ट्रिय सुरक्षा तालिमको शुभारम्भ गर्दै प्रधानसेनापति शर्माले नेपालमा