बैतडी : बैतडीको दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशिला चन्दले आफूले पाउने मासिक सुविधाको रकम नगरपालिकाभित्रका दलित, विपन्न र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीको पढाइमा सहयोग गर्ने घोषणा गरेकी छन्। पत्रकार सम्मेलन गर्दै चन्दले कुनै लाभका लागि राजनीतिमा नआएकाले नगरभित्रका दलित, विपन्न परिवारबाट प्राविधिक विषय पढ्ने २२ जना विद्यार्थीलाई वार्षिक ५० हजार सहयोग गर्ने घोषणा गरेकी हुन्।स्थानीय तहको उपप्रमुखका रूपमा आफूले पाएको मासिक ४३ हजार रुपैयाँ र बैठक भत्ताबापत प्राप्त पह