नारायण नगरपालिका –१ कुई काना रातिमाटेमा बस्ने ३० घर दलित विपन्न परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । मुगु जिल्ला खत्याड गाउँपालिका –३ बस्ने समाजसेवी युवा अनिल बानियाँको पहलमा खाद्यान्न सहयोग गरिएको हो ।
पर्वत : रोटरी क्लब अफ पर्वतले खाद्यान्न अभावका कारण दशैं मनाउन नसक्ने अवस्थामा रहेका जिल्लाका ३१ परिवारलाई खाद्यान्न सहयोग गरेको छ।क्लब पर्वतमा स्थापना भएदेखि नै हरेक वर्ष विजयादशमीको अवसर पारेर विपन्नताको कारण चुह्लो बाल्नै समस्यामा रहेका परिवारलाई चामल, दाल, तेल लगायत खाद्य सामाग्री वितरण गर्दै आइरहेको छ। यस वर्ष पनि सोही कार्यक्रमलाई निरन्तरता दिँदै कुश्मा नगरपालिका र मोदी गाउँपालिकाका विभिन्न वडाका विपन्न परिवारलाई सहयोग गरेको हो।रोटरी क्लब अफ पर्वतका संस्थापक अध्यक्ष विश्वप्रकाश प्रसाई
काठमाडौँ । मकवानपुरको मनहरि गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले गरिब तथा अति विपन्न परिवारलाई चाडपर्व मनाउन खाद्यान्न तथा नगद सहयोग गरेका छन् । उनले चार महिनाको तलब भत्ताबापत प्राप्त गरेको रकम रु तीन लाख बराबरको खाद्यान्न सहयोग गरेका हुन् । मनहरि–२, ३, ५, ६ र ८ का विपन्न परिवारलाई फूलपाती र अष्टमीको दिन घरमै पुगेर सहयोग […]
सुर्खेत : जाजरकोटको नलगाड नगरपालिकाले अति विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ। आर्थिक अवस्था अत्यन्त कमजोर रहेका बादी र अन्य विपन्न समुदायलाई चाड दशैँलाई मद्देनजर गर्दै खाद्यान्न वितरण गरेको हो।नलगाडका विपन्न बादी र अन्य ५० परिवारलाई एक बोरा चामल, एक लिटर तेल र दुई केजी दाल वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) मानबहादुर गिरीले जानकारी दिए। आर्थिक अभावका कारण घरमा चुह्लो बल्न धौ धौ परेका विपन्न परिवारलाई थोरै भए पनि चाडबाड मनाउन सहज होस् भनेर खाद्यान्न सहयोग गरिएको अधिकृत
काठमाडौँ- जाजरकोटको नलगाड नगरपालिकाले अतिविपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ । अर्थावस्था अत्यन्तै कमजोर रहेका बादी र अन्य विपन्न समुदायलाई नजिकिँदै गरेको चाड दसैँलाई मध्यनजर गर्दै खाद्यान्न वितरण गरिएको हो । नलगाडका विपन्न बादी र अन्य ५० परिवारलाई एक बोरा चामल, एक लिटर तेल र दुई किलो दाल वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले […]
चितवन जिल्लाका विपन्न १०२ चेपाङ परिवारलाई खाद्यान्न सहयोग गरिएको छ ।
हिन्दूको महान् पर्व दशैंतिहार नजिकै आइरहेको अवस्थामा कोभिडका कारण ज्याला मजदुरी गर्न समेत नपाई खाद्यान्न संकटमा परेका चेपाङ घर परिवारलाई सहयोग गरिएको हो ।
एक्सन क्लिनर प्रिन्ज (इन्टरनेसनल हेल्फे फर किन्डर इननट इभी) जर्मनी तथा नेपाल बाल सहायता संघको सहयोग र राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र एवं जगत चेत प्रतिष्ठान नेपालको संयोजनमा सहयोग गरिएको हो ।
दशैंतिहारजस्ता पर्व मान्न समस्या भएका ती विपन्न चेपाङ परिवारलाई प्...
डोटीका चार स्थानीय तहका विभिन्न क्षेत्रमा रहेका २२३ विपन्न बालबालिकालाई रु सात लाख २० हजार २२८ को खाद्यान्न सहयोग गरिएको छ । समान पहुँच विकास केन्द्र (सिड) नेपाल र वल्र्डभिजनको साझेदारीमा सञ्चालित बाल संरक्षण तथा बाल स्पोन्सरसीप परियोजनाअन्तर्गत जोखिममा रहेका विपन्न परिवारमा दर्ता भएका बालबालिकालाई खाद्यान्न सामग्री वितरण गरिएको हो ।
अतिजोखिम, विपन्न परिवार र समस्यामा परेका बालबालिकाको जीवनस्तर, खाद्यान्नमा राहत तथा सहयोग पुग्ने उद्देश्यले सो सामाग्री वितरण गरिएको समान पहुँच विकास केन्द्र (सिड) नेपालले ...
श्रीमानको मृत्युपछि हिरा र उनका तीन छोरीहरु गाउँमा मागेर गुजारा गर्ने भोक लाग्दा माटो खान्छन् भन्ने समाचार पढेपछि हाम्रो सेवा समूहमार्फत विदेशमा रहेका नेपालीहरुलेले संकलन गरेको रकमबाट एक वर्षको लागि चामल, दाल, नुन तेल र ओढने ओछ्याउने कपडा सहयोग गरिएको संय...
वीरगन्ज पथलैया आद्योगिक करिडोरमा रहेको शिवशक्ति उद्योग प्रालिले वीरगन्ज महानगरपालिकालाई पौने ७ लाखभन्दा बढीको खाद्यान्न सहयोग गरेको छ । कोरोना भाइरस संक्रमण (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञामा विपन्न तथा गरिब परिवारलाई राहत वितरणका लागि शिवशक्ति उद्योगले खाद्यान्न सामग्री सहयोग गरेको हो ।राहत स्वरुप उद्योगले ९ टन चामल, १ टन दाल, १ सय […]
जाजरकोट : जिल्लाको छेडागाड नगरपालिकाभित्र रहेका ८२२ विपन्न परिवारालाई खाद्यान्न वितरण गरिएको छ। आफ्नै जमिनमा उत्पादित अन्नले ६ महिना खाना नपुग्ने छेडागाड नगरपालिकाभित्रका सर्वसाधारणलाई खाद्यान्न वितरण गरिएको हो।प्रतिपरिवार रु १० हजार ८ सय १५ रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरिएको पाँचतारा यूवा संरक्षण मञ्चका जाजरकोट छवि पन्तले जानकारी दिए।कोभिडका कारण समस्यामा परेर हैरानी व्यहोरेका विपन्न सर्वसाधारणलाई सेभ द चिल्डेन , पाँचतारा युवा संरक्षण मञ्च जाजरकोट अवसर परियोजनाले खाद्यान्न उपलब्ध गराए