कञ्चनपुर ः शुक्लाफाँटा नगरपालिका-११ का विपन्न एकल महिलालाई आज निःशुल्क बाख्रा वितरण गरिएको छ। वडा कार्यालयको २ लाख आर्थिक सहयोगमा द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्रले अति विपन्न, गरिब, दलित र पछाडि पारिएका एकल महिला बाख्रा सहयोग कार्यक्रमअन्तर्गत १७ महिलालाई बाख्रा वितरण गरिएको हो।थोरै जग्गा भएका, कमाउने साधन नभएका एकल महिलाको छनोट गरी आयआर्जनमा सघाउ पुर्याउन निःशुल्क रुपमा बाख्रा वितरण गरिएको वडाध्यक्ष दिलबहादुर बुढाले बताए। ‘तत्कालका लागि अ