धनगढी : स्थानीय तह निर्वाचन २०७९ को मत परिणाम सार्वजनिक हुने क्रम जारी छ। हालसम्म कैलालीका १३ मध्ये ९ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।सार्वजनिक मत परिणाम अनुसार हालै दर्ता गरिएको रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी अग्रस्थानमा रहेको छ। उक्त पार्टी ३ स्थानीय तहमा विजयी भएको छ। यस्तै दोस्रोमा नेकपा एमाले र नेपाली कांग्रेस रहेका छन्।कैलालीमा एमाले र कांग्रेसले अहिलेसम्म २‚ २ पालिका जितेका छन्। यस्तै नेकपा माओवादी केन्द्रले र नेकपा एकीकृत समाजवादीले भने एक एक पालिकाम