टोकियो ओलम्पिकः अमेरिकाका रोबर्टले जिते दोस्रो स्वर्ण

एजेन्सी। अमेरिकाका पौडी खेलाडी फिन्क रोबर्टले पौडीको पुरुष १५ सय मिटर फ्रिस्टाइलमा स्वर्ण पदक जितेका छन्। उनले निर्धारित दुरी १४ मिनेट ३९.६५ सेकेण्डमा पार गरे। युक्रेनका मिखाइलो रोमानचुकले १४ मिनेट ४०.६६ सेकेण्डमा दुरी पार गर्दै रजत पदक जिते। जर्मनीका फ्लोरिन वेलब्रोकले १४ मिनेट ४०.९१ सेकेण्डमा दुरी पार गर्दै काश्य पदक जिते। अमेरिकाका रोबर्टले ८०० मिटर फ्रिस्टाइलमा पनि स्वर्णपदक जितेका थिए।

सम्बन्धित सामग्री

टोकियो ओलम्पिकः ६० देशले जिते २४४ वटा स्वर्ण पदक

काठमाडौं।टोकियो ओलम्पिक–२०२० को १३औं दिनसम्म आइपुग्दा विश्वका ६० देशले एक वा एकभन्दा बढी स्वर्ण पदक जित्न सफल भएका छन्।हालसम्म २४४ स्वर्ण पदकको टुङ्गो लागिसक्दा सबैभन्दा बढी चीनले ३२ वटा जितेको छ। यस्तै, अमेरिकाले २५, जापानले २१, बेलायतले १५,अष्ट्रेलियाले १५, रुसी खेलाडीले १४, जर्मनीले ९ र फ्रान्स, इटाली, नेदरल्याण्ड्स, दक्षिण कोरिया र न्यूजल्याण्डले ६–६ वटा स्वर्ण हात पारेका छन्।

टोकियो ओलम्पिकः ५७ देशले जिते २२५ स्वर्ण

काठमाडौं।‘टोकियो ओलम्पिक–२०२०’ मा हालसम्म २२५ वटा स्वर्ण पदकको टुङ्गो लागिसकेको छ।आयोजकका अनुसार ५७ देशले एक वा एकभन्दा बढी स्वर्ण हात पारेका छन्।हालसम्म सबैभन्दा बढी चीनले ३२ वटा स्वर्ण पदक जितेको छ। अमेरिकाले २४, जापानले १९, अष्ट्रेलियाले १४, रुसी खेलाडीले १३, बेलायतले १३, जर्मनीले ८, फ्रान्स, नेदरल्याण्ड्स, दक्षिण कोरिया र न्यूजिल्याण्डले ६–६ र इटालीले ५ वटा स्वर्ण जितेका छन्।

टोकियो ओलम्पिकः ५३ देशले जिते १८० वटा स्वर्ण पदक

काठमाडौं।‘टोकियो ओलम्पिक–२०२०’मा हालसम्म १८० स्वर्ण पदकको टुङ्गो लागेको छ।पछिल्लो विवरणअनुसार हालसम्म ५३ देश एक वा एकभन्दा बढी स्वर्ण पदक जित्न सफल भएका छन्।हालसम्म चीनले २४,अमेरिकाले २०, जापानले १७,अष्ट्रेलियाले १४,रुसी खेलाडीले १२, बेलायतले १०, फ्रान्सले ५,दक्षिण कोरियाले ५ र इटाली, नेदरल्याण्ड्स, जर्मनी, न्जुजिल्याण्ड र चेक रिपब्लिकले चार–चार वटा स्वर्ण जितेका छन्। क्यानडा, स्वीट्जरल्याण्ड र क्रोएसियाले तीन–तीन वटा स्वर्ण जितेका छन्।