अन्ततः आइतबार तालिवानी विद्रोहीहरू काबुल छिरे । यससँगै अफगानी राष्ट्रपति असरफ गनी देश छाडेर ताजकिस्तानतर्फ भागेका छन् । अधिकांश देशहरूले अफगानिस्तानमा रहेका आफ्ना कूटनीतिक नियोगहरू बन्द गरेको घोषणा गरिसकेका छन् । अमेरिकी सेनाले पनि कूटनीतिक नियोगबाट आफ्ना कर्मचारीहरू फिर्ता लगेको छ । उनीहरू आफ्नो गोप्य कागजपत्र तालिवानको हातमा नपरोस् भनेर सचेत थिए, त्यसैले हिँड्नुअघि कागजपत्र डढाएर हिँडे । ७५ हजारको सङ्ख्यामा रहेका लडाकुहरूसामु ३ लाख ५० हजारभन्दा धेरैको सङ्ख्याका अफगा