छिमेक लघुवित्त वित्तीय संस्था : कम्पनी विश्लेषण (बुधवार, २ असार २०७८)

कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा मंगलवार ५ रुपैयाँले कमी आएको छ । शेयर मूल्य प्रतिकित्ता रु. १ हजार ७६७ कायम भएको हो । यस दिन कम्पनीको ३३ हजार ८७३ कित्ता शेयर खरिद विक्री भएको छ । कम्पनीले चालू आवको तेस्रो त्रैमासमा रु. ९५ करोड ५९ लाख ६८ हजार नाफा कमाएको छ । कम्पनीले गत आवको तेस्रो त्रैमासमा रु. ५९ करोड ७८ लाख ९० हजार नाफा कमाएको थियो । नाफा गत आवको तुलनामा चालू आवमा ५९ प्रतिशतले वृद्धि भएको हो । चालू आवको तेस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफामा वृद्धि भएको हो । कम्पनीको प्रतिशेयर आम्दानी रु. ६९ दशमलव ६५ रहेको छ । गत आवको मुनाफाबाट शेयरधनीलाई कम्पनीले २२ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांश वितरण गरेको हो । कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत भइसकेको छ भने नगद लाभांश पनि शेयरधनीको बैंकखातामा पठाइसकेको छ । निष्कर्ष कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा लामो पुच्छर भएको कालो शरीरको मैनबत्ती बनेको छ । यस्तो आकृतिले बजारमा कम्पनीको शेयर मूल्य घट्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ४८ दशमलव ३० बिन्दुमा छ । यसले शेयर खरिद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ७ दशमलव ४६ बिन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा तल छ । मंगलवारको शेयर मूल्य रु. १ हजार ७६७ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. १ हजार ७५१ मा टेवा पाउने र महँगिए रु. १ हजार ७९४ मा प्रतिरोध पाउने देखिन्छ ।

सम्बन्धित सामग्री

छिमेक मोबाइल बैंकिङ एप सञ्चालनमा

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो बैंकिङ मोबाइल एप सञ्चालनमा ल्याएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाल राष्ट्र बैंकका कायममुकायम गर्भनर डा. निलम ढुंगाना तिमल्सिनाले उक्त एपको उद्घाटन गरेकी हुन् । आफ्ना ग्राहकलाई प्रविधि प्रयोगमार्फत् सुलभ र सहज सेवा प्रदान गर्न एप सञ्चालनमा ल्याइएको लघुवित्तले जनाएको छ । एपको माध्यमबाट किस्ताको अनलाइन भुक्तानी, […]

छिमेक लघुवित्तले सञ्चालनमा ल्यायो भुक्तानी एप

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले बैंकिङ मोबाइल एप  सञ्चालनमा ल्याएको छ ।

छिमेक लघुवित्त वित्तीय संस्था पनि अब एनपीएसमा आबद्ध

छिमेक लघुवित्त वित्तीय संस्था र नेपाल क्लियरिङ हाउसबीच डिजिटल माध्यमबाट भुक्तानी गर्नेसम्बन्धी सम्झौता भएको छ ।

छिमेक लघुवित्त नेशनल पेमेन्ट इन्टरफेसमा आवद्ध

१ भदौ, काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड नेपाल क्लियरिङ हाउस (एनसीएचएल) को नेशनल पेमेन्ट इन्टरफेसमा आवद्ध भएको छ । एनसीएचएलको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्ने गरी दुई संस्थाबीच सम्झौता भएको लघुवित्तले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । सम्झौतामा छिमेक लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चोलाराज शर्मा जोशी र एनसीएचएलका […]

छिमेक लघुवित्तको सेयरः आकर्षक लाभांशमा मूल्य समायोजनको दबाब

काठमाडौं। लघुवित्त वर्गमा अब्बल मानिने संस्था हो छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड। प्राथमिक सेयर निष्कासनका सुरुवाती वर्षहरूदेखि नै आकर्षक

छिमेक लघुवित्तसहित चार सहकारीलाई ग्राहक सुरक्षा प्रमाणीकरण प्रमाणपत्र

काठमाडौं, ४ भदौ । ४ वटा सदस्य संस्थाहरुले अन्तर्राष्ट्रिय स्तरको ग्राहक सदस्य सुरक्षा प्रमाणीकरण प्रमाणपत्र प्राप्त गरेका छन् । यो प्रमाण पत्र प्राप्त गर्नेमा स्वावलम्बन विकास केन्द्रका काठमाडौंको छिमेक लघुवित्त वित्तीय संस्था, बाँकेकोे यूनिक नेपाल लघुवित्त वित्तीय संस्था, झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था र कैलालीकोे किसान बहुउद्देश्यीय सहकारी संस्था रहेका छन् । […]

चार सहकारीलाई ग्राहक सुरक्षा प्रमाणीकरण प्रमाणपत्र

स्वावलम्बन विकास केन्द्रका ४ वटा सदस्य संस्थाहरुले अन्तर्राष्ट्रिय स्तरको ग्राहक सदस्य सुरक्षा प्रमाणीकरण प्रमाणपत्र प्राप्त गरेका छन् । यो प्रमाण पत्र प्राप्त गर्नेमा काठमाडौंको छिमेक लघुवित्त वित्तीय संस्था, बाँकेकोे यूनिक नेपाल लघुवित्त वित्तीय संस्था, झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था र कैलालीकोे किसान बहुउद्देश्यीय सहकारी संस्था रहेका छन् । ग्राहक सदस्य सुरक्षा प्रमाणीकरण […]

छिमेक लघुवित्तद्वारा कोरोना कोषमा सहयोग

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड ताप्लेजुङ शाखाले कोरोना नियन्त्रण तथा व्यवस्थापन जिल्ला समितिलाई खाद्यान्नसहित बिभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

छिमेक लघुवित्तको किस्ता भुक्तानी अव इसेवाबाटै गर्न सकिने

काठमाडौं - छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडका सदस्यहरूले अबदेखि आफ्नो किस्ता तथा बचत इसेवाबाट भुक्तानी गर्न सक्ने भएका छन् । इसेवाले ग्रामिण भेगमा रहेका लघुउद्यमीहरूलाई पनि डिजिटल भुक्तानी गर्न सकिने गरी ...