पाँच महीनापछि महाकाली पुल निर्माण शुरु

महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुरको महाकाली नदीमा निमार्णाधीन चार लेनको पुल निर्माण योजनाको काम प्रभावित भएको पाँच महीनापछि पुनः सञ्चालन भएको छ ।  पुल योजनामा काम गरेबापतको करोडौं रकम भुक्तानी नपाएपछि गत असोजको तेस्रो साता निर्माण कम्पनीले पुल निर्माणको काम रोकेको थियो । केही दिनअघि गत वर्ष काम गरेको रकम सरकारले उपलब्ध गराएपछि निर्माण कम्पनीले निर्माणको बाँकी काम ६ महीनाभित्र सक्ने गरी सञ्चालन गरेको जनाएको छ । विसं २०७४ मा निर्माण शुरु भएको चार लेनको पक्की पुलसँगै ८ दशमलव ६ किलोमिटर ६ लेनको निर्माणको कामको ९० दशमलव १९ प्रतिशत वित्तीय प्रगति भइसकेको छ । निर्माण कम्पनी कुमार–सिएफइसी जेभीका इन्जिनियर किशोरराज पाण्डेयले गत वर्षको काम गरेबापतका रु साढे आठ करोड रकम हालै कम्पनीलाई उपलब्ध भएको जानकारी दिए ।  उनले पुलसँगै निर्माण हुन गइरहेको पोखरीको तटबन्ध डिजाइन स्वीकृत भएर ‘भेरिएसन’का लागि सडक विभागका पु¥याउने प्रक्रियामा रहेको जानकारी दिए । ‘भेरिएसनका कारण अझै रु १५ करोड बक्यौता छ,’ उनले भने, ‘गत वर्षको रकम पाएपछि हामीले बाँकी निर्माणको काम थालिसकेका छौं ।’ उनले ८ दशमलव ६ किलोमिटर ६ लेनको पहुँच मार्गमध्ये एक हजार पाँच सय मिटर सडक कालोपत्र गर्न बाँकी रहेको बताए । ‘रकम अभावलगायत कारण नभए ६ महीनाभित्र पुलको सबै काम सकिन्छ,’ इन्जिनियर पाण्डेयले भने, ‘कोरोना कहर, रकम अभाव र भेरियसन, डिजाइन स्वीकृति लगायतका कारणले पुल निर्माणमा ढिलाइ भयो ।’ रु तीन अर्ब ६६ करोड लागतमा बनिरहेको पुलसँगै सुदूरपश्चिमको व्यापारिक नाकाका रूपमा विकास गर्न खोजिएको छ । पुलसँगै महाकाली नदीपारिको दोधारा चादँनीमा सुक्खा बन्दरगाह निर्माणको काम पनि प्रक्रियामा छ । पुलको दुवैतर्फ बाँध बाधेर पर्यटकीय स्थल हुने गरी पोखरी निर्माण गरिएको छ । पसलको उत्तरतर्फ एक वर्ग किलोमिटरभन्दा ठूला दुईवटा पोखरी र दक्षिणतर्फ ० दशमलव ३ वर्ग किलोमिटरका दुईवटा पोखरी निर्माण भएका छन् ।  गएको बर्सात्पछि पोखरीको डिजाइनमै समस्या आएपछि यहाँ ‘भेरिएसन’को काम धकेलिएको छ । रासस

सम्बन्धित सामग्री

तीन वर्षमा बन्नुपर्ने चार लेनको महाकाली पुल सात वर्ष बित्दा पनि अधुरै

कञ्चनपुरको महाकाली नदीमा निर्माण भइरहेको चार लेनको पुलको काम पाँच महिनादेखि रोकिएको छ । पुल निर्माण कम्पनी पिके श्रेष्ठ–कुमार श्रेष्ठ सिएफइसी जेभीले काम गरेअनुरूप भुक्तानी नपाएको भन्दै पुलको काम रोकेको जनाएको...

महाकालीको चार लेन पुल निर्माण अन्तिम चरणमा

महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल निर्माण अन्तिम चरणमा पुगेको छ । पहुँचमार्गसँगै पुलको दुवैतर्फ पोखरी निर्माणको काम भइरहेको छ । दुवैतर्फ बन्ने पोखरीको गाइड बन्ड निर्माणाधीन अवस्थामा छ । अहिले गाइड बन्ड भरानको काम सकिएर नदीतर्फको भागमा प्लम कंक्रिट (डुंगा र कंक्रिट मिसाएर बनाइने ब्लक) राख्ने काम भइरहेको महाकाली पुल निर्माण कम्पनी कुमार श्रेष्ठ सीएफईसी जेभीका इन्जिनियर किशोर पाण्डेले बताए ।

ठेकेदारले तिरेन १४ करोड राजश्व, कानुनी उपचार खोज्दै भीमदत्त नगरपालिका

कञ्चनपुर : महाकाली नदीमा ४ लेनको पुल निर्माण गरिरहेको ठेकेदार कम्पनीले रोयल्टी तिर्न आनाकानी गरेपछि भीमदत्त नगरपालिका कानुनी उपचार खोज्न थालेको छ। त्यसका लागि नगरपालिकाले आफ्ना कानुनी सल्लाहकारसहित कानुन व्यवसायीसित छलफल अघि बढाएको छ।‘महाकाली पुल निर्माण कम्पनीले बुझाउनु पर्ने राजस्व नतिर्ने मनशायले अनेक तिकडम गरेर अड्डा अदालत धाएर पनि राजश्व बुझाएको छैन,’ भीमदत्त नगरपालिकाका प्रवक्ता हिमाल चन्दले भने, ‘धेरै प्रयास गर्‍यौँ, मतलब गरेको छैन। अब कानुनी बाटोमा जा

लापरबाही गरेको भन्दै महाकाली पुल निर्माण कम्पनीविरुद्ध स्थानीय आन्दोलित

महाकाली पुल निर्माण कम्पनीले लापरबाही गरेको भन्दै भीमदत्त नगरपालिकाका स्थानीयहरु आन्दोलित भएका छन्। निर्माण कम्पनी कुमार सिएफआइसी जेभीले नदीजन्य पदार्थ बाहिर लगेर बिक्री गरेको र पुल निर्माणमा बेवास्ता गरिरहेको भन्दै...

महाकाली नदीको बाढीले खतराको सतह नाघ्यो, पहुँच मार्ग भत्कायो

महाकाली नदीको बाढीले चार लेनको पहुँच मार्गको डेढ किलोमिटर सडक खण्ड भत्काएको छ । नदीको उच्च बहावका कारण सो सडकखण्ड भत्किएको हो । बाढीले भुजेला खोलादेखि दक्षिण र पुल निर्माण उत्तरको क्षेत्रमा पहुँच मार्ग भत्काएको छ । नदीले अझै सडक कटानको कार्य जारी राखेको छ । पहुँच मार्ग भत्किएपछि महाकाली नदीको बाढी बस्तीमा पसेको छ । स्थानीयवासीका अनुसार भिनपा १२ को वडा कार्यालय, अस्फाल प्लान्ट एरिया र आयोजना क्याम्पमा पनि बाढी पसेको छ । पहुँच मार्ग भत्किएपछि महाकाली पुल आयोजनाको टोली अनुगमनका लागि पहुँच मार्

माटो र ढुङ्गा अभावले महाकाली पुल निर्माण प्रभावित हुँदै

कञ्चनपुरको भीमदत्तनगरपालिका–१२ ओदालीस्थित महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलको अन्य संरचना निर्माण माटो र ढुङ्गा अभावका कारण प्रभावित हुँदै गएको छ ।

पुल निर्माण रोकियो

महाकालीमा बन्ने ४ लेनको पक्की पुल निर्माणकार्य रोकिएको छ । वर्षातको समयमा महाकाली नदीमा पानीको बहाव बढ्न थालेपछि पुल निमार्णकार्य रोकिएको महाकाली पुल योजना कार्यालयले जनाएको छ ।