महाकालीको चार लेन पुल निर्माण अन्तिम चरणमा

महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल निर्माण अन्तिम चरणमा पुगेको छ । पहुँचमार्गसँगै पुलको दुवैतर्फ पोखरी निर्माणको काम भइरहेको छ । दुवैतर्फ बन्ने पोखरीको गाइड बन्ड निर्माणाधीन अवस्थामा छ । अहिले गाइड बन्ड भरानको काम सकिएर नदीतर्फको भागमा प्लम कंक्रिट (डुंगा र कंक्रिट मिसाएर बनाइने ब्लक) राख्ने काम भइरहेको महाकाली पुल निर्माण कम्पनी कुमार श्रेष्ठ सीएफईसी जेभीका इन्जिनियर किशोर पाण्डेले बताए ।

सम्बन्धित सामग्री

चौथो पटक थपिएको म्यादभित्र पनि पुल नबने

महेन्द्रनगर– महाकाली नदीमा निर्माणाधिन चार लेन पुल निर्माण कार्यमा ढिलाइ भएको छ । चौथो पटक थपिएको म्यादभित्र पनि उक्त पुल नबन्ने आयोजनाका अधिकारीहरुले बताएका छन् । सरकारले पुल निर्माणका लागि छुट्याएको बजेट अपुग भएपछि थपिएको म्यादभित्र उक्त पूल निर्माण कार्य नसकिने भएको हो । उच्च प्राथमिकतामा राखिएको आयोजनाका लागि चालु आर्थिक वर्षमा १८ करोड बजेट […]