काठमाण्डाै – इजरायली सेनाले गाजापट्टिमा प्यालेस्टाइनी विद्रोहीविरुद्धको आक्रमणलाई तीव्र पारेको छ ।
सेनाले हवाई र स्थल दुवै माध्यममार्फत आक्रमण बढाएको छ । गाजाको उत्तर र पूर्वमा फौजी डुङ्गा, लडाकू विमान र हेलिकोप्टरको प्रयोग गरी व्यापक गोलाबारी भइरहेको बीबीसीले जनाएको छ । इजरायलले गाजासँगको आफ्नो सीमामा थप सैनिक ट्याङ्कर र फौजहरू परिचालन गरेको छ ।
स्थल सेनाको दुईवटा युनिट र बख्तरबन्द अर्को युनिटलाई गाजाको सीमा नजिकै खटाइएको बीबीसीले जनाएको छ । आवश्यक परेको बेलामा खटाउन सकिने भनेर तयार राखिएका ७ ह...