४ पुस, काठमाडौं । सरकारले आयात प्रतिबन्ध हटाउने निर्णय गरे पनि वाणिज्य मन्त्रालयले समन्वय गर्न नसक्दा आयात प्रतिबन्ध यथावत रहेको पाइएको छ । सरकारले २८ असोजमा मंसिर मसान्तसम्म चार प्रकारको वस्तुहरुमा आयात प्रतिबन्ध कायम रहने गरी प्रतिबन्ध लम्ब्याएको थियो । तर, मन्त्रिपरिषदले यो प्रतिबन्धको म्याद नथप्ने निर्णय गरेपनि सो सम्बन्धी सूचना राजपत्रमा प्रकाशित भएको छैन […]
सरकारले गाडी, मदिरा, मोबाइल र मोटरसाइकलको आयात प्रतिबन्ध हटाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले २९ मंसिरदेखि लागु हुने गरी गाडी, मदिरा, मोबाइल र मोटरसाइकलको आयातमाथिको प्रतिबन्ध हटाउने...
काठमाडौँ- अटोमोबाइल्स एशोसियन अफ नेपाल (नाडा) ले अटोमोबाइल्स क्षेत्रमा लगाइएको आयात प्रतिबन्ध फुकुवा गर्न माग गरेको छ । नाडाले आज पत्रकार सम्मेलन गरी विगत आठ महिनादेखि अटोमोबाइल्समा प्रतिबन्ध लगाउँदा समस्या भएको भन्दै आयात प्रतिबन्ध फुकुवा गर्न माग गरेको हो । नाडाका उपाध्यक्ष सुनिल रिजालले अटोमोबाइल्समा आयात प्रतिबन्ध लगाउँदा व्यावसायमा समस्या सिर्जना भएको बताए । अटोमोबाइल्स […]
विदेशी मुद्राको सञ्चितिमा दबाब परेपछि सरकारले लगाउँदै आएको आयात प्रतिबन्ध थप २ महिना लम्ब्याएको छ । सरकारले गत वैशाख १४ गतेदेखि लगाएको आयात प्रतिबन्ध थप दुई महिना लम्ब्याएर मंसिर मसान्तसम्म पुर्याएको हो ।असोज २८ गते बसेको मन्त्रिपरिषद् बैठकले पूर्ण प्रतिबन्ध लगाइएका चार प्रकारका वस्तुको पैठारीमा लगाएको बन्देजलाई आगामी मंसिर मसान्तसम्म कायम गर्ने निर्णय गरेको सञ्चारमन्त्री […]
काठमाडौं। सरकारले गाडी, मोबाइल, मोटरसाइकल र तयारी मदिराको आयात प्रतिबन्ध मंसिर मसान्तसम्म लम्बाएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो। विदेशी मुद्राको सञ्चितीमा अझै पनि अपेक्षा गरेअनुरुप सुधार नदेखिएको भन्दै मन्त्रालयले मंसिर मसान्तसम्म आयात प्रतिबन्ध कायम राख्न मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो।
व्यवसायीका विभिन्न संघसंस्थाहरुले सरकारले लगाएको आयात प्रतिबन्ध हटाउन माग गरेका छन् । सरकारले गत वैशाखदेखि विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै विभिन्न १० वस्तुको आयातमा प्रतिबन्ध लगाएकोमा पछिल्लो समय ६ वस्तुमाथिको आयात प्रतिबन्ध फुकुवा गरे पनि कार–जिप–भ्यान, ३०० डलरभन्दा बढी मूल्यका मोबाइल, १५० सिसीभन्दा बढीका मोटरसाइकल र तयारी मदिराको आयातमा लगाइएको प्रतिबन्ध अझै कायम रहेकोमा […]
काठमाडौँ । गत वैशाखदेखि जारी विलासीता तथा अतिरिक्त वस्तुहरूको आयात प्रतिबन्ध अझै लम्बिने भएको छ । सरकारले गत वैशाख १३ गतेदेखि गाडीलगायत सुर्तीजन्य तथा मदिराजन्य वस्तु, खेलौना, लेज, कुर्मुरे, कस्मेटिक सामग्री लगायतका १० प्रकारका वस्तुहरूको आयात प्रतिबन्ध लगाएको थियो । सोही प्रतिबन्ध थप कायम हुने भएको हो । यसअघि जेठ १३ गतेसम्मका लागि यी वस्तुहरूको […]