औषधि व्यवस्था विभागले नेपाली कम्पनीले उत्पादन गरेका छुट्टाछुट्टै दुईवटा भिटामिनका औषधिको निश्चित ब्याचलाई बजारबाट फिर्ता गर्न आदेश दिएको छ । रुपन्देहीस्थित बायोगेन रिमेडिज प्रालिले उत्पादन गरेको ‘बायोकल–डि’ को ब्याच नं ‘बिडि२१०४’ र काठमाडौंस्थित लोमस फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेको ‘अस्भिट’ ब्याच नं ‘एएस२१२१’ ट्याबलेटको गुणस्तर परिक्षा सन्तोषजनक नभएको बताउँदै विभागले बजारबाट फिर्ता गर्न भनेको हो ।