मलेसिया पुगेका जनकपुरका केशवकुमार कर्णको छटपटी दिनहुँ बढिरहेको छ । साहुकारबाट ऋण लिएर मलेसिया गएका उनलाई बढ्दो ब्याजले दिनरात पिरोलिरहन्छ । त्यसैले ऋणबाट चाँडोभन्दा चाँडो मुक्त हुन दिनरात नभनी काम गर्न पनि तयार छन् । तर, मलेसियाको रोजगारदाताले न नियमित काम दिन्छ न समयमा तलब नै । नियमित काम नहुँदा अधिकांश समय उनी सुतेर बिताउँछन् ।