भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकास मन्त्री वसन्तकुमार नेम्बाङले इन्जिनियरिङ परिषद् ऐन सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । उहाँले संसद्को आगामी हिउँदे अधिवेशनबाट ऐन पारित हुने जानकारी दिनुभयो । इन्जिनियरिङ पेसा मर्यादित र सम्मानित क्षेत्र बनाउन ऐन कोसेढुङ्गा सावित हुने मन्त्री नेम्बाङ्को दाबी छ ।