काठमाडौं : आगामी वैशाख ३० सम्पन्न हुने स्थानीय तह निर्वाचनसम्बन्धी जानकारी लिन चाहनेका लागि निर्वाचन आयोगले कल सेन्टरको व्यवस्था गरेको छ।आयोगको सोमबारको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थानीय तह निर्वाचनका लागि चैत १५ देखि कल सेन्टर सञ्चालनमा ल्याउने जानकारी दिएका हुन्।प्रवक्ता पौडेलले त्यसका लागि आवश्यक जनशक्तिलाई आज (सोमबार) नै अभिमुखीकरण तालिम दिइएको बताए। आयोगले कल सेन्टर सञ्चालनका लागि ११०२ टल फ्रि नम्बरको व्यवस्था गरिसकेको पनि उनले जानकारी द