धनकुटा : धनकुटा बहुमुखी क्याम्पसमा बिहीबार विद्यार्थीहरूबीच झडप हुँदा २ जना घाइते भएका छन्।
क्याम्पसमा आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको चुनाव लक्षित गरि एमालेनिकट अनेरास्ववियुले विद्यार्थी भर्ना गराउँदा नेपाली कांग्रेसनिकट नेविसंले तालाबन्दी गर्न खोजेपछि २ विद्यार्थी समूहबीच झडप भएको हो।
झडपमा नेपाल विद्यार्थी संघ क्याम्पस इकाई सभापति सुवास भण्डारी र सचिव युवराज कार्की घाइते भएका हुन्। घाइते भएका भण्डारीको नोबेल मेडिकल कलेज विराटनगरमा र कार्कीको धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेक...