कर्मचारी माथिको आक्रमण नरोकिए बैंकिङ सेवा अवरुद्ध हुनसक्छ : बैंकर

३ चैत, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले कर्मचारी माथि भइरहेको आक्रमण नरोकिए बैंकिङ सेवा नै सुचारु नहुने अवस्था आउन सक्ने बताएका छन् । बैंकका कर्मचारीमाथि हुने आक्रमण लगायतका अप्रिय घटना नरोकिए कर्मचारीको सुरक्षाका लागि बैंकिङ सेवा नै रोकिन सक्ने चेतावनी उनीहरुले दिएका छन् । शुक्रबार चारवटै वर्गका बैंक तथा वित्तीय संस्थाहरुको छाता संगठनले संयुक्त […]

सम्बन्धित सामग्री

प्रभू बैंकको एटीएम, मोबाइल तथा इ्न्टरनेट बैंकिङ सेवा २९ घण्टाका लागि अवरुद्ध

प्रभु बैंकको एटीएम, मोबाइल बैकिङ तथा इ्न्टरनेट बैंकिङ जस्ता सेवा शुक्रबार (आज) अपरान्ह ५ बजेदेखि २९ घण्टासम्म नचल्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै कोर बैंकिङ सिस्टमको भर्सन अपग्रेड गर्नुपर्ने भएकाले यी सेवा अवरुद्ध हुने जानकारी गराएको हो । सुचनामा भनिएको छ, “यस बैंकले प्रयोग गरिरहेको कोर बैंकिङ सिस्टमको भर्सन अपग्रेड गर्ने प्रयोजनका लागि यही मिति २०८०/०५/०१...

बैंकिङ सेवा अवरुद्ध नगर्न परिसंघको आग्रह

बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले बैंकिङ क्षेत्रमा देखिएको नियोजित घटनाप्रति आफ्नो ध्यान आकृष्ट भएको जनाएको छ।...

बैंकिङ सेवा अवरुद्ध नगर्न परिसंघको आग्रह

बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले बैंकिङ क्षेत्रमा देखिएको नियोजित घटनाप्रति आफ्नो ध्यान आकृष्ट भएको जनाएको छ।...

आन्दोलनका कारण बैंकिङ सेवा अवरुद्ध भएको भन्दै सिबिफिनको असन्तुष्टि

काठमाडौँ- बैंक तथा वित्तीय संस्थाविरुद्ध जारी आन्दोलनले सेवा नै अवरुद्ध हुन पुगेको भन्दै बैंक तथा वित्तीय संस्था परिसंघ सिबिफिनले असन्तुष्टि जनाएको छ । सिबिफिनले आज विज्ञप्ति जारी गर्दै अत्यावश्यक सेवा क्षेत्रका रुपमा परिभाषित बैंक तथा वित्तीय संस्थामा किसिमका बन्द तथा हड्ताल जस्ता कार्यहरु गर्न नहुने नपाइने भएपनि सो को उल्लघंन गर्दै नियोजित रुपमा बैंकिङ्ग सेवा […]

एउटै कार्यलयका १० कर्मचारीमा कोरोना देखिएपछि बैंकिङ सेवा अवरुद्ध

राष्ट्रिय वाणिज्य बैंक सुर्खेत शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बैंकबाट प्रदान गरिने सेवा बन्द गरिएको छ । आइतबार बैंकका कर्मचारीमा कोराना पुष्टि भएकाले सोमबारदेखि बैकिङ्ग सेवा अबरुद्ध भएको हो...

आज ४ घण्टा एभरेष्ट बैंकको मोबाइल बैंकिङ सेवा अवरुद्द हुने

एभरेष्ट बैंकको मोबाइल बैंकिङ सेवा ४ घण्टा अवरुद्द हुने भएको छ। मोबाइल बैंकिङ्ग सेवाको स्तरोन्नती गर्नु पर्ने भएकोले पौष १३ गते बेलुका ८ बजेदेखि १२ बजेसम्म ४ घण्टा अवधिको लागि बैंकको मोबाइल बैंकिंग सेवा अवरुद्ध रहने बैंकले जनाएको हो। बैंकले हाल प्रयोग गरिरहेको इबीएल टच २४ मोबाइल बैंकिंग (EBL Touch 24 Mobile Banking App) सेवालाई परिमार्जित गरी ग्राहकलाई सहज, सुलभ तथा अत्याधुनिक प्रविधि सहित थप सूविधा प्रदान गर्ने उद्देश्यले उपरोक्त सेवालाई इबीएल ओम्नी च्यानल (EBL Omni Channel) प्रणालीमा स्तरोन्नती गर्न लागेको उल्लेख गरेको छ । बैंकले जारी गरिएको सूचनामा भनिएको छ 'यस बैंकले हाल प्रयोग गरिरहेको इबीएल टच २४ मोबाइल बैंकिंग (EBL Touch 24 Mobile Banking App) सेवालाई परिमार्जित गरी ग्राहक महानुभावहरुलाई सहज, सुलभ तथा अत्याधुनिक प्रविधि सहित थप सूविधा प्रदान गर्ने उद्देश्यले उपरोक्त सेवालाई इबीएल ओम्नी च्यानल (EBL Omni Channel) प्रणालीमा स्तरोन्नती गर्न लागेकोले सो प्रयोजनको लागि मिति २००८ पौष १३ गते बेलुका ८ बजेदेखि १२ बजेसम्म ४ घण्टा अवधिको लागि यस बैंकको मोबाइल बैंकिंग सेवा अवरुद्ध रहने व्यहोरा जानकारी गराउन चाहन्छौं । यसबाट मोबाइल बैकिङ्ग सेवा प्रयोगकर्ता हाम्रा सम्पुर्ण ग्राहकवर्गमा पर्न जाने असुविधा प्रति हामी क्षमाप्रार्थी छौं ।'

कालीकोटमा एक सातादेखि सञ्चार सेवा अवरुद्ध

साउन २१, कालीकोट । कालीकोटमा विगत एक सातादेखि सञ्चार सेवा अनियमित भएको छ ।  कालीकोटको शुभकालिका गाउँपालिका भर्तालेकस्थित नेपाल टेलिकमको टावरमा आएको खराबीका कारण विगत एक सातादेखि सञ्चार सेवा अनियमित बनेको हो । टावरमा खराबी आउँदा मोबाइल र ल्याण्डलाईन फोनसमेत सञ्चालन हुन नसक्दा सञ्चार सेवाबाट बञ्चित हुनुपरेको व्यापारी भीमप्रसाद आचार्यले बताए । ‘टेलिफोन र मोबाइल सेवा सञ्चालनमा आउन सकेका छैनन्’, उनले भने, ‘बाहिर सम्पर्क गर्न टेलिफोन र इन्टरनेट सेवासमेत अवरुद्ध छ ।’ इन्टरनेट सेवा अवरुद्ध हुँदा बैंकिङ तथा वित्तीय सेवाबाट सञ्चालनमा समस्या रहेको मेघा बैंकका कालीकोट शाखा प्रबन्धक रोहनकुमार विष्टले बताए । ‘फोन सेवा अवरुद्ध हुँदा इन्टरनेट सेवा सञ्चालनमा आएको छैन’, उनले भने, ‘इन्टरनेट नहुँदा बैंकिङ सेवा लिन सेवाग्राही मर्कामा परेका छन् ।’ टावरमा आएको खराबीका कारणले टेलिफोन सेवा अवरुद्ध रहेको र टावर सञ्चालनका लागि काम भइरहेको नेपाल टेलिकम कार्यालय मान्मका प्राविधिक टोपराज न्यौपानेले जानकारी दिए । ‘टावरमा खराबी आउँदा फोन सेवा अवरुद्ध भएको हो । अहिले पनि मर्मतको काम चलिरहेको छ’, उनले भने, ‘नेपालगञ्जबाट थप सामान आइसकेको छ, चाँडै टेलिफोन सेवा सञ्चालन हुनेछ ।’ टेलिफोन सेवा अवरुद्ध हुँदा कालीकोटका नागरिक बाहिरी सम्पर्कबाट टाढा रहेको नरहरिनाथ गाउँपालिका–१ कोटबाडाका शिक्षक शेरबहादुर विष्टले बताए । ‘एक हप्तादेखि बाहिर रहेका आफन्तसँग सम्पर्क हुनसकेको छैन’, उनले भने, ‘फोन सेवा अरुवद्ध भएका कारणले अनलाइन कक्षा पढ्ने विद्यार्थी मर्कामा परेका छन् ।’ रासस

तीन दिन नबिल बैंकको सबै बैंकिङ सेवा अवरुद्ध हुने

काठमाडौं । नबिल बैंकको सबै बैंकिङ सेवा तीन दिन अवरुद्ध हुने भएको छ । बैंकको कोर बैंकिड सिस्टम (सीबीएस) स्तरोन्नती गर्नुपर्ने भएकाले असार ४ गते दिउँसो ४ बजेदेखि ७ गते सोमबार बिहान ९ बजेसम्म बैंकको सबै शाखा, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एटिएम (क्रेडिट/प्रिपेड कार्ड बाहेक) रेमिट्यान्स लगायतका सेवा तथा सबै बैंकिङ कारोबार पूर्ण...

माछापुच्छ्रे बैंकको बैंकिङ सेवा अवरुद्ध हुने

वैैशाख १४, काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको बैंकिङ सेवा अवरुद्ध हुने भएको छ ।  बैंकले प्रयोग गर्दै आएको कोर बैंकिङ सिस्टम (T24 Temenos) लाई प्रतिस्थापन गरी वैशाख १९ गतेबाट फिनाकल कोर बैंकिङ सलुशन (Finacle core Banking solution) प्रयोग गर्न लागेसँगै बैकिङ सेवा अवरुद्ध भएको हो ।   कम्पनीको डे काउन्टर, इभिनिङ काउण्टर, होलिडे काउण्टर, एटिएम, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ एण्ड ब्रान्चलेस बैंकिङ सेवाबाट प्रदान गर्दै आएको सेवाहरु वैशाख १६ गते बेलुका ६ बजेदेखि वैशाख १९ गते बिहान ६ बजेसम्मका लागि बन्द हुने बैंकले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

‘सुरक्षा अपनाउँदै, बैंकिङ सेवा नरोकिने’

काठमाडौं । राष्ट्र बैंकले बैंकहरूलाई बैंकिङ सेवा अवरुद्ध नहुने गरी सुरक्षित सेवा प्रदान गर्न निर्देशन दिएको छ ।