कालीकोटमा एक सातादेखि सञ्चार सेवा अवरुद्ध

साउन २१, कालीकोट । कालीकोटमा विगत एक सातादेखि सञ्चार सेवा अनियमित भएको छ ।  कालीकोटको शुभकालिका गाउँपालिका भर्तालेकस्थित नेपाल टेलिकमको टावरमा आएको खराबीका कारण विगत एक सातादेखि सञ्चार सेवा अनियमित बनेको हो । टावरमा खराबी आउँदा मोबाइल र ल्याण्डलाईन फोनसमेत सञ्चालन हुन नसक्दा सञ्चार सेवाबाट बञ्चित हुनुपरेको व्यापारी भीमप्रसाद आचार्यले बताए । ‘टेलिफोन र मोबाइल सेवा सञ्चालनमा आउन सकेका छैनन्’, उनले भने, ‘बाहिर सम्पर्क गर्न टेलिफोन र इन्टरनेट सेवासमेत अवरुद्ध छ ।’ इन्टरनेट सेवा अवरुद्ध हुँदा बैंकिङ तथा वित्तीय सेवाबाट सञ्चालनमा समस्या रहेको मेघा बैंकका कालीकोट शाखा प्रबन्धक रोहनकुमार विष्टले बताए । ‘फोन सेवा अवरुद्ध हुँदा इन्टरनेट सेवा सञ्चालनमा आएको छैन’, उनले भने, ‘इन्टरनेट नहुँदा बैंकिङ सेवा लिन सेवाग्राही मर्कामा परेका छन् ।’ टावरमा आएको खराबीका कारणले टेलिफोन सेवा अवरुद्ध रहेको र टावर सञ्चालनका लागि काम भइरहेको नेपाल टेलिकम कार्यालय मान्मका प्राविधिक टोपराज न्यौपानेले जानकारी दिए । ‘टावरमा खराबी आउँदा फोन सेवा अवरुद्ध भएको हो । अहिले पनि मर्मतको काम चलिरहेको छ’, उनले भने, ‘नेपालगञ्जबाट थप सामान आइसकेको छ, चाँडै टेलिफोन सेवा सञ्चालन हुनेछ ।’ टेलिफोन सेवा अवरुद्ध हुँदा कालीकोटका नागरिक बाहिरी सम्पर्कबाट टाढा रहेको नरहरिनाथ गाउँपालिका–१ कोटबाडाका शिक्षक शेरबहादुर विष्टले बताए । ‘एक हप्तादेखि बाहिर रहेका आफन्तसँग सम्पर्क हुनसकेको छैन’, उनले भने, ‘फोन सेवा अरुवद्ध भएका कारणले अनलाइन कक्षा पढ्ने विद्यार्थी मर्कामा परेका छन् ।’ रासस  

सम्बन्धित सामग्री

एक सातादेखि ताँजाकोटमा सञ्चार सेवा अवरुद्ध

हुम्ला सदरमुकाम सिमकोटदेखि ५० कोष टाढा पर्ने ताँजाकोट गाउँपालिकामा एक हप्तादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ ।

दुई सातादेखि खत्याड गाउँपालिकामा सञ्चार सेवा अवरुद्ध

खत्याड गाउँपालिकामा करिब दुई सातादेखि सञ्चार सेवा अवरुद्ध हुँदा कर्मचारीदेखि स्थानीय समस्या परेका छन् । बाजुराको धिम, खत्याड जिउका र रारा मुर्माटपमा रहेको मोबाइल टावरले खत्याड गाउँपालिकाभर नेटवर्किङको काम गर्दै आएको भएपनि दुई सातादेखि अवरुद्ध हुँदा यहाँका नागरिक सञ्चारविहीन भएका छन् ।

बोपुङ र काहुले एक सातादेखि सञ्चार सेवाबाहिर

खोटाङ – जन्तेढुंगा गाउँपालिकाका दुईवटा वडामा एक सातादेखि सञ्चार सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकमको टावरमा आएको खराबीकाकारण वडा नं. २ बोपुङ र वडा नं. ३ काहुलेमा एक साताभन्दा बढी समयदेखि सञ्चार अवरुद्ध भएको स्थानीयले बताएका छन् ।काहुलेको हुमापोखरीमा रहेको टेलिकमको टावरमाआएको खराबीका कारण विगत एक साताभन्दा बढी समयदेखि उक्त क्षेत्रका बासिन्दा सञ्चार सेवाबाट […]

ताप्लेजुङको दुर्गम तथा हिमाली क्षेत्रमा सञ्चार सेवा अवरुद्ध

ताप्लेजुङको दुर्गम तथा हिमाली क्षेत्रमा तीन सातादेखि सञ्चार सेवा अवरुद्ध भएको छ ।

हिउँ पन्छाएपछि व्यास क्षेत्रमा फोन सेवा सुचारु

दार्चुलाको व्यास गाउँपालिकामा हरेक बर्ष हिमपातका कारण सञ्चार सेवा अवरुद्ध हुने गरेको छ । गत सातादेखि भएको हिमपातका कारण अवरुद्ध सञ्चार सेवा हिउँ पन्छाएपछि सुचारु भएको छ । हिमपातका कारण सञ्चार विहीन बनेको व्यास क्षेत्रमा शुक्रबारबाट फोन सेवा सुचारु भएको स्थानीय करन खत्रीले जानकारी दिनुभयो । दार्चुला–तिङ्कर सडकमा कार्यरत नेपाली सेना, कर्मचारी र स्थानीय युवाको टोलीले टावरको सोलार प्यानलमा थुप्रिएको हिउँ पन्छाएपछि टावर सञ्चालनमा आएको खत्रीले बताउनुभयो ।

कालीकोटमा सञ्चार सेवा अवरुद्ध

कालिकोटमा विगत एक सातादेखि सञ्चार सेवा अनियमित भएको छ ।  कालिकोटको शुभकालिका गाउँपालिका भर्तालेकस्थित नेपाल टेलिकमको टावरमा आएको खराबीका कारण विगत एक सातादेखि सञ्चार सेवा अनियमित बनेको हो । टावरमा खराबी आउँदा मोबाइल र ल्याण्डलाईन फोनसमेत सञ्चालन हुन नसक्दा सञ्चार सेवाबाट बञ्चित हुनुपरेको व्यापारी भीमप्रसाद आचार्यले बताए । “टेलिफोन र मोबाइल सेवा सञ्चालनमा आउन सकेका छैनन्”, उनले भने, “बाहिर सम्पर्क गर्न टेलिफोन र इन्टरनेट सेवासमेत अवरुद्ध छ ।”इन्टरनेट सेवा अवरुद्ध

सञ्चार सेवा अवरुद्ध हुँदा तीन जिल्ला प्रभावित

जाजरकोट, ५ असार: मौसममा देखिएको परिवर्तनसँगै जाजरकोटलगायत तीन जिल्लाको सञ्चार सेवा अवरुद्ध भएको छ । विगत एक सातादेखि लगातारको वर्षाका कारण मछाइनास्थित रिपिटर टावरको सोलार चार्ज नहुँदा जिल्लाको फोन सञ्चार सेवा अवरुद्ध भएको हो । जिल्लाभरि दर्जन बढी नेपाल टेलिकमका टावर सञ्चालनमा छन् । तर सबै टावरले दिनभर काम गरेको छैन । जिल्लाको मुख्य रिपीटर […]

एक सातादेखि बिद्युत र सञ्चार सेवा अवरुद्ध

हिमपातका कारण विद्युत र नेपाल टेलिकम का सेवा अवरुद्ध भएपछि सुदुरपश्चिम प्रदेशको विकट हिमाली जिल्ला बझाङ एक साता