गृहमन्त्री श्रेष्ठद्वारा त्रिशूलीमा विपद् अभ्यास अवलोकन

सशस्त्र प्रहरी बल नेपाल, विपद् व्यवस्थापन तालिम शिक्षालयले आज त्रिशूली नदीमा आयोजना गरेको अनुकरणीय अभ्यासमा गोतखोरहरुले पानीमा बग्दै बचाउ बचाउ भनी चिच्याएका व्यक्तिलाई डोरीको सहायताले तानेर उद्धार गरे ।

सम्बन्धित सामग्री

गृहमन्त्री श्रेष्ठद्वारा मानवीय सहायता स्थलको निरीक्षण

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौंको सिनामंगलमा रहेको मानवीय सहायता स्थलको निरीक्षण एवं अवलोकन गर्नुभएको छ । बुधबार मन्त्री श्रेष्ठले विपद् व्यवस्थापनका लागि तत्काल उद्धार कार्यमा खटिने मानवीय सहायता स्थलको अवलोकन गर्नुभएको हो । सरकारले देशका विभिन्न ११ स्थानमा मानवीय सहायता स्थल बनाइ विपद् न्युनिकरण एवं व्यवस्थापनका लागि काम गरिरहेको छ । अवलोकन एवं निरीक्षणपपछि […]

भृकुटीमण्डपमा भएको आगलागीको छानबिन हुन्छ : गृहमन्त्री खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले समाज कल्याण परिषद्को भृकुटीमण्डपमा रहेको स्टोरमा भएको आगलागीको छानबिन गर्ने बताउनुभएको छ । गृहमन्त्री खाँणले आइतबार दिउँसो आगलागी भएको क्षेत्रको अवलोकन गर्दै आगलागीबारे छानबिन गर्ने बताउनुभएको हो । आगलागीमा परिषद्अन्तर्गतको राष्ट्रिय अपांग कोषले अपांगका लागि राखेका सहायक सामग्री पनि जलेका थिए । अपांगहरूका सहायक सामग्री गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम […]

भृकुटीमण्डपमा भएको आगलागीको छानबिन हुन्छः गृहमन्त्री खाँण

काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाँणले समाज कल्याण परिषद्को भृकुटीमण्डपमा भएको आगलागीको छानबिन गर्ने बताएका छन्। गृहमन्त्री खाणले आज दिउँसो आगलागी भएको क्षेत्रको अवलोकन गर्दै आगलागीबारे छानबिन गर्ने आश्वासन दिएका हुन्। आगलागीमा परिषद्अन्तर्गतको राष्ट्रिय अपाङ्ग कोषले अपाङ्गता भएकाहरुका लागि राखेका सहायता सामग्री जलेको थियो। उनले गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत उनीहरुका लागि […]

भृकुटी मण्डपमा भएको आगलागीको छानबिन हुन्छ : गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाणले समाज कल्याण परिषद्को भृकुटीमण्डपमा भएको आगलागीको छानबिन गर्ने बताएका छन् । गृहमन्त्री खाणले आज दिउँसो आगलागी भएको क्षेत्रको अवलोकन गर्दै आगलागीबारे छानबिन गर्ने आश्वासन दिएका हुन् । आगलागीमा परिषद्अन्तर्गतको राष्ट्रिय अपाङ्ग कोषले अपाङ्गता भएकाहरुका लागि राखेका सहायता सामग्री जलेको थियो । उनले गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत उनीहरुका लागि सहायता सामग्री उपलब्ध गराइने बताए ।मन्त्री खाणले प्राधिकरणले उपलब्ध गराउन

मेलम्ची जोगाउन चेकड्याम बनाऔं : गृहमन्त्री खाँड

भदौ १९, सिन्धुपाल्चोक । मेलम्ची नदीमा आएको गेगरानसहितको बाढीबाट हुने क्षति कम गर्न विभिन्न स्थानमा चेकड्याम बनाउनु पर्ने गृहमन्त्री बालकृष्ण खाँडले बताएका छन् ।  हेलम्बु–मेलम्ची बाढीग्रस्त क्षेत्रको स्थलगत अवलोकन गर्न शनिवार सो क्षेत्र आएका गृहमन्त्री खाँडले चेकड्याम बनाएर क्षति कम गर्न सकिने बताएका हुन् । गृहमन्त्री खाँडले चीनको सेजुवान प्रान्तको उदाहरण दिदै मेलम्चीको भन्दा ठूलो बाढीमा समेत चेकड्यामको कारण क्षति कम गराउन सकिएको बताए ।  मेलम्ची क्षेत्रमा समेत चीन र भारतबाट समेत विज्ञहरु बोलाएर यो क्षेत्रको अध्ययन गराउने र चेकड्याम निर्माण गरि गेगरान सहितको बाढीको बहाव कम गराई क्षतिको मात्रा घटाउन सकिने उनको भनाइ छ । ‘मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स तथा मानव बस्तीहरु बचाउनका लागि कहाँ कहाँ कति ओटा ड्याम बनाउनु पर्ला भनेर विस्तृत अध्ययन गरिनेछ,’ बाढीग्रस्त क्षेत्रको अवलोकन पछि गृहमन्त्री खाँडले भने ‘त्यसको लागि हामी चीन र भारतको एक्पोर्टिजहरुको अनुभव समेतको प्रयोग गर्नेछौ ।’ मेलम्ची नदीमा गत असार १ गते आएको बाढीको कारण ठूलो धनजनको क्षति भएको थियो । त्यसपछि पुनः साउन १६ गते आएको बाढीले हेलम्बु र मेलम्ची क्षेत्रमा ठूलो मात्रामा भौतिक सम्पत्ति क्षति भएको छ । ६ ओटा मोटरेवल पक्की पुल क्षति भएको छ भने सडक पनि ठाँउठाँउमा क्षति भएको छ । जसले गर्दा सो क्षेत्रमा अहिलेसम्म सहज यातायात सञ्चालन हुन सकेको छैन । गृहमन्त्री खाँणसहितको टोलीले मेलम्ची नगरपालिकाको मेलम्ची बजार र सो वरपरका क्षेत्र तथा हेलम्बु गाउँपालिकाको वडा नम्बर–२ गणेशबजार क्षेत्रको स्थलगत निरीक्षण गरेको थियो । सो अवसरमा गृहमन्त्री खाँणले भत्केका सडक, पुल, घर, कार्यालयलगायतका संरचना निर्माण तथा बाढीपहिरो प्रभावितको उचित व्यवस्थापन गर्न निर्देशन दिए । टोलीले सो क्षेत्रमा बाढीपहिरोबाट भएको क्षति तथा पहिरो प्रभावितको अवस्थाको बारेमा जानकारी लिएको थियो । गृह मन्त्रीसहितको सो टोलीमा सांसद् शेरबहादुर तामाङ, पूर्वमन्त्री मोहनबहादुर बस्नेत, योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेल, वाग्मती प्रदेशसभा सदस्य युवराज दुलाल र निमा लामा, गृहसचिव टेकनारायण पाण्डे, सडक विभागका महानिर्देशक अर्जुन थापा, सिँचाइ विभागका उपमहानिर्देशक प्रदीप थापा, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक अनिल पोखरेल र हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा सहभागी थिए ।

बाढी प्रभावित क्षेत्रको भ्रमणमा गृहमन्त्री, विपद् जोखिम न्यूनीकरणमा जुट्न आह्वान

गृहमन्त्री बालकृष्ण खाँणले शनिबार बाढी पहिरो क्षेत्रको अवलोकन भ्रमण गरेका छन् । सो क्रममा उनले जोखिम न्यूनीकरणका लागि जिल्ला, स्थानीय र समुदायबाट भएको प्रयासको उच्च मूल्यांकन गर्दै भविष्यमा समेत समग्र समूदायको अवधारणामा रहेर विपद् जोखिम न्यूनीकरणमा जुट्न आह्वान गरेको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । साथै संघ, प्रदेश र स्थानीय तह समेतको समन्वयमा जोखिमयुक्त बस्तीहरुको सुरक्षित स्थानान्तरण, क्षतिग्रस्त आवासहरूको पुनर्निर्माण तथा तटबन्धहरूको पुनर्निर्माण र प्रबलीकरण गरी विपद्बाट हुन सक्ने जनधनको क्षतिको न्यूनीकरण गर्ने कार्य...