मेलम्ची जोगाउन चेकड्याम बनाऔं : गृहमन्त्री खाँड

भदौ १९, सिन्धुपाल्चोक । मेलम्ची नदीमा आएको गेगरानसहितको बाढीबाट हुने क्षति कम गर्न विभिन्न स्थानमा चेकड्याम बनाउनु पर्ने गृहमन्त्री बालकृष्ण खाँडले बताएका छन् ।  हेलम्बु–मेलम्ची बाढीग्रस्त क्षेत्रको स्थलगत अवलोकन गर्न शनिवार सो क्षेत्र आएका गृहमन्त्री खाँडले चेकड्याम बनाएर क्षति कम गर्न सकिने बताएका हुन् । गृहमन्त्री खाँडले चीनको सेजुवान प्रान्तको उदाहरण दिदै मेलम्चीको भन्दा ठूलो बाढीमा समेत चेकड्यामको कारण क्षति कम गराउन सकिएको बताए ।  मेलम्ची क्षेत्रमा समेत चीन र भारतबाट समेत विज्ञहरु बोलाएर यो क्षेत्रको अध्ययन गराउने र चेकड्याम निर्माण गरि गेगरान सहितको बाढीको बहाव कम गराई क्षतिको मात्रा घटाउन सकिने उनको भनाइ छ । ‘मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स तथा मानव बस्तीहरु बचाउनका लागि कहाँ कहाँ कति ओटा ड्याम बनाउनु पर्ला भनेर विस्तृत अध्ययन गरिनेछ,’ बाढीग्रस्त क्षेत्रको अवलोकन पछि गृहमन्त्री खाँडले भने ‘त्यसको लागि हामी चीन र भारतको एक्पोर्टिजहरुको अनुभव समेतको प्रयोग गर्नेछौ ।’ मेलम्ची नदीमा गत असार १ गते आएको बाढीको कारण ठूलो धनजनको क्षति भएको थियो । त्यसपछि पुनः साउन १६ गते आएको बाढीले हेलम्बु र मेलम्ची क्षेत्रमा ठूलो मात्रामा भौतिक सम्पत्ति क्षति भएको छ । ६ ओटा मोटरेवल पक्की पुल क्षति भएको छ भने सडक पनि ठाँउठाँउमा क्षति भएको छ । जसले गर्दा सो क्षेत्रमा अहिलेसम्म सहज यातायात सञ्चालन हुन सकेको छैन । गृहमन्त्री खाँणसहितको टोलीले मेलम्ची नगरपालिकाको मेलम्ची बजार र सो वरपरका क्षेत्र तथा हेलम्बु गाउँपालिकाको वडा नम्बर–२ गणेशबजार क्षेत्रको स्थलगत निरीक्षण गरेको थियो । सो अवसरमा गृहमन्त्री खाँणले भत्केका सडक, पुल, घर, कार्यालयलगायतका संरचना निर्माण तथा बाढीपहिरो प्रभावितको उचित व्यवस्थापन गर्न निर्देशन दिए । टोलीले सो क्षेत्रमा बाढीपहिरोबाट भएको क्षति तथा पहिरो प्रभावितको अवस्थाको बारेमा जानकारी लिएको थियो । गृह मन्त्रीसहितको सो टोलीमा सांसद् शेरबहादुर तामाङ, पूर्वमन्त्री मोहनबहादुर बस्नेत, योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेल, वाग्मती प्रदेशसभा सदस्य युवराज दुलाल र निमा लामा, गृहसचिव टेकनारायण पाण्डे, सडक विभागका महानिर्देशक अर्जुन थापा, सिँचाइ विभागका उपमहानिर्देशक प्रदीप थापा, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक अनिल पोखरेल र हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा सहभागी थिए ।

सम्बन्धित सामग्री

गृहमन्त्री खाँड पछि परे

काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाँड पछाडि परेका छन्। रुपन्देही क्षेत्र ३ बाट उम्मेदवारी दिएका खाँड राप्रपाका दिपक बोहोरा भन्दा पछाडि परेका हुन्। १० हजार एक सय २१ मत गणना हुँदा बोहोराले ४ हजार २ सय ७३ मत पाएका छन् भने खाँडले ४ हजार २४ मत पाएका छन्। बोहोरा २४९ मतले अघि छन्।

गृहमन्त्री खाँड र प्रकाण्डबीच भेट, बन्दी रिहाइ गर्न माग

काठमाडौँ । नेत्रविक्रमचन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र गृहमन्त्री बालकृष्ण खाँडबीच भेटवार्ता भएको छ । बुधबार बिहान गृहमन्त्रालयमा गृहमन्त्री खाँड र प्रकाण्डबीच भेटवार्ता भएको हो । यसअघि सरकारसँग भएका सहमति कार्यान्वयन गर्नुपर्ने र बन्दीहरूको रिहाइ लगायतका विषयमा छलफल भएको नेकपाका प्रवक्ता प्रकाण्डले जानकारी दिए । भेटमा गृह सचिव टेकनारायण पाण्डे […]

लोसपा अध्यक्ष ठाकुरलाई भेट्न मेडिसिटी पुगे गृहमन्त्री खाँड

काठमाडौं, चैत २४ । बुधबार अस्पता भर्ना भएका लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई भेट्न गृहमन्त्री बालकृष्ण खाँड मेडिसिटी अस्पताल पुगेका छन् । स्वास्थ्यमा समस्या आएपछि मेडिसिटी भर्ना भएका ठाकुरलाई भेटेर गृहमन्त्री खाँडले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। छाती दुख्ने, ज्वरो आउने र श्वासप्रश्वासलगायत समस्याबाट पीडित ठाकुरलाई बुधबार भैरहवाबाट हेलिकप्टरमा मेडिसिटी ल्याइएको थियो। ठाकुरको स्वास्थ्यमा […]

बिजुलीको तारबाट सेना आउँदैन : गृहमन्त्री खाँड

कपिलवस्तु । गृहमन्त्री बालकृष्ण खाँडले बिजुलीको तारबाट सेना आउन नसक्ने बताएका छन् । बाह्रौँ कपिलवस्तु महोत्सवको समुद्घाटन गर्दै गृहमन्त्री खाँडले एमसीसी परियोजना विद्युत् प्रसारण लाइन विस्तार र सडक निर्माणको परियोजनाको लागि मात्र रहेको दाबी गरेका छन् । मन्त्री खाँड सम्बोधनको अधिकांश समय एमसीसी परियोजनाको विषयमा केन्द्रित रहेका थिए । उनले अनुदानकै कारण जनमानसमा नेपालमा अमेरिकी सेना […] The post बिजुलीको तारबाट सेना आउँदैन : गृहमन्त्री खाँड appeared first on राजधानी राष्ट्रिय दैनिक.

ओली भेट्न बालकोटमा गृहमन्त्री खाँड

काठमाडौं, फागुन ११ । गृहमन्त्री खाँड नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली भेट्न बालकोट पुगेका छन् । एमसीसीमा सहमति जुटाउन प्रधानमन्त्री आफै दौडधुपमा लागेका बेला एमसीसीबारे छलफल गर्न खाँड ओली निवास बालकोट पुगेका हुन् । ओलीलाई लक्षित गर्दै सवारीमा ढुंगा प्रहार भएपछि गृहमन्त्रीको ध्यानाकर्षण गराएका ओलीले सार्वजनिक रुपमै गृहमन्त्रीको भूमिका माथि प्रश्न उठाएका थिए । […]

ओली भेट्न गृहमन्त्री खाँड बालकोटमा

काठमाडौं । माओवादी अध्यक्ष प्रचण्ड भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा खुमलटार गएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गृहमन्त्री बालकृष्ण खाँड बालकोट पुगेका छन् । एमसीसीमा सहमति जुटाउने अन्तिम प्रयास भइरहेका बेला गृहमन्त्री खाँड ओलीनिवास बालकोट गएका हुन् । भेटमा सत्तागठबन्धन र एमसीसीबारे छलफल हुने बताइएको छ । त्यस्तै ८ गते एमाले अध्यक्ष ओलीलाई लक्षित […]

एमसीसी कुनै सैन्य परियोजना होइन, संसदबाट पास गरिन्छः गृहमन्त्री खाँड

पोखरा, पुस १७ । संघीय सरकारका गृहमन्त्री बालकृष्ण खाँडले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पास गर्ने दाबी गरेका छन् । उनले अनुदान रकम नेपालको हितमा रहेको भन्दै ‘एमसीसी कुनै सैन्य परियोजना नभएको’ पनि प्रस्ट पारे । ‘नेपालको भौतिक विकासका लागि नै हो, जलविद्युत्को ट्रान्समिसन र सडक विस्तारका लागि नै परियोजना आएको हो,’ उनले […]

कात्तिकमै घर जानेलाई डीआइजीको फुली किन ?

४ महिना भित्र अनिवार्य अवकाश हुन लागेका एसएसपीहरुलाई अवकाशपछि फाइदा पुर्याउनका लागि डीआइजीको दरबन्दी थप्ने खेलमा गृहमन्त्री खाँड लागेका छन् ।

विविधताको देश नेपालः गृहमन्त्री खाँड

काठमाडौं, ५ कात्तिक । गृहमन्त्री बालकुष्ण खाँडले विविधताको देश भएको बताए । आज नेपाल पर्यटन बोर्डमा भएको एक कार्यक्रममा बोल्दै खाँडले नेपालमा हिमाल, पहाड र तराईको साथै ६ हजार भन्दी बढी खोला तथा नदीहरु भएको उल्लेख गरे । खाँडले भने, ‘झन्डै नेपालमा ६ हजार नदी र खोला छन्, सबै खोला नालामा बाह्रै महिना पानी बग्छन् […]