गृहमन्त्री बालकृष्ण खाँणले शनिबार बाढी पहिरो क्षेत्रको अवलोकन भ्रमण गरेका छन् । सो क्रममा उनले जोखिम न्यूनीकरणका लागि जिल्ला, स्थानीय र समुदायबाट भएको प्रयासको उच्च मूल्यांकन गर्दै भविष्यमा समेत समग्र समूदायको अवधारणामा रहेर विपद् जोखिम न्यूनीकरणमा जुट्न आह्वान गरेको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
साथै संघ, प्रदेश र स्थानीय तह समेतको समन्वयमा जोखिमयुक्त बस्तीहरुको सुरक्षित स्थानान्तरण, क्षतिग्रस्त आवासहरूको पुनर्निर्माण तथा तटबन्धहरूको पुनर्निर्माण र प्रबलीकरण गरी विपद्बाट हुन सक्ने जनधनको क्षतिको न्यूनीकरण गर्ने कार्य...