हाफ जिन्स र खुलेको टिसर्ट लगाएकी फेसन क्रेजी नीता महर्जनले आइतबार दुवै हातमा विभिन्न रङका चुरा लगाइन् । ‘ओइ, तँ छिट्टै पसल आइज ल, हामीले लगाइसक्यौं,’ उनले साथीलाई पनि बोलाउँदै थिइन् । चुरा लगाएपछि उनमा छुट्टै उत्साह थपिएको थियो । हातमा हरिया चुरा लगाएपछिको उमंग थियो । अझै साथीसमेत बोलाउँदै चुरा किनिदिन तयार थिइन् ।