काठमाडौँ– बल्खुदेखि कंलकी आसपासमा खसी–बोका खरिद–बिक्री गर्नेको लर्को फूलपातीको दिन पनि देखियो। उक्त क्षेत्रमा धादिङ, उदयपुर सिरहा तथा काठमाडौँ उपत्यकाका विभिन्न ठाँउबाट किसानहरु खसी–बोका बिक्री गर्न आएका हुन्। उनीहरुमध्ये अधिकांश खसी–बोका बिक्री गरेर दसैंको खर्च जुटाउन राजधानी पुगेका हुन्। धादिङका मणिप्रसाद रुपाखेती पनि दसैं खर्चको जोहो गर्न खसी–बोकालाई लिएर राजधानी आइपुगेको बताउँछन्। ‘दसैँका बेला हो […]