साल्ट ट्रेडिङ कर्पोरेशनले नेपालमा कृषि उत्पादन बढाउने उपायको खोजी गर्न दुई दिने गोष्ठी आयोजना गरेको छ । कर्पोरेशनले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्राविधिक सहयोगमा भारतको इण्डिया पोटास लिमिटेड (आईपीएल)सँग मिलेर उत्पादन बढाउने उपायको खोजी गर्न लागेको हो । बुधबार सुरू भएको कर्पोरेशनको गोष्ठी बिहीबारसम्म चल्ने छ । यो गोष्ठीमा आइपीएलसँग माटोको गुणस्तरअनुसार रासायनिक मलको प्रयोग र लाभ लिने विषयमा छलफल हुने छ । आईपीएल भारतको सरकार स्वामित्वको रासायनिक मल आपूर्तिकर्ता हो । सोहीकारण, आइपीएलसँ