युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले सडक पूर्वाधार निर्माण तथा स्तरोन्नतिलाई प्राथमिकतामा राखेर स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको योजना छनोट गरी बजेट बाँडफाँड गर्नुभएको छ ।
कास्की प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ मा पूर्वाधार विकास कार्यक्रमको चालू आवको रु छ करोड बजेटबाट पोखरा महानगरपालिकामा १० योजनामा रु एक करोड ५० लाख तथा अन्नपूर्णमा १० र माछापुच्छ«े गाउँपालिकामा ११ योजना छनोट गरी दुवै पालिकामा रु दुई करोड २५ लाख बजेट विनियोजन गरिएको छ ।