झन्डै चार महिनाको रस्साकसीपछि लुम्बिनी प्रदेशमा सरकार फेरबदलको सम्भावना बढेको छ । प्रदेशसभा सदस्यलाई राजीनामा, कारबाही र दल बदल्ने खेलमा सफल देखिएको विपक्षी गठबन्धन बलियो बन्दै गएको छ । एकल बहुमत दाबी गर्दै मुख्यमन्त्री बनेका शंकर पोखरेल दुई दलको समर्थनमा पनि अल्पमतमा परेपछि पद जोगाउन अदालतको सहारा लिने प्रयासमा छन् ।