रुपन्देही – लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन सत्तापक्ष नेकपा एमालेले बहिष्कार गरेको छ । संविधान विपरीत अविश्वास प्रस्ताव आएको भन्दै सर्वोच्च अदालतमा रिटसमेत दिएको सत्तापक्ष एमालेले विशेष अधिवेशन पनि बहिष्कार गरेको हो ।
प्रदेश सभामा मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध अविश्वासकाे प्रस्ताव दर्ता भएको छ । अविश्वासकाे प्रस्ताव पेस गर्दै प्रदेश सभा सदस्य वीरेन्द्रकुमार कनौडियाले सदनमा सत्तापक्ष अनुपस्थित नहुनु अनौठो भएको बताउनुभयो ।
प्रदेश सभा सदस्य कनाैडियाले मुख्यमन्त्री पोखरेलले राजीनामा दिएर बचेको लाज जोगाएको ...