हेटौंडा : सत्तापक्ष र प्रतिपक्षको विवादले स्थगित भएको बागमती प्रदेशसभा बैठक सञ्चालन गर्न प्रदेश सरकार अनिच्छुक देखिएको छ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण स्थगित भएको प्रदेशसभा बैठक बोलाउन सत्तापक्ष अनिच्छुक देखिएको हो।कानुन बनाउने समयको रूपमा मानिने हिउँदे अधिवेशन सञ्चालन गर्न सरकारसँग कानुन नभएकाले सत्तापक्ष तत्काल प्रदेशसभा बैठक बोलाउने पक्षमा छैन।अघिल्लो सरकारले कानुन निर्माण गर्न नसकेको भन्दै आलोचना गर्ने गठबन्धन दल मिलेर सरकार बनेको २ महिना भए पनि सरकारले नयाँ विधेयक सदनमा दर