सर्लाही – सर्लाहीको रामनगर गाँउपालिकाको अध्यक्षमा माओवादी केन्द्रका राजाबाबु यादव निर्वाचित हुनुभएको छ । उहाँले ४ हजार ८१ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार हरिनन्द यादवले २ हजार ३९२ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी उपाध्यक्षमा पनि माओवादी केन्द्रकै गितादेवी ३ हजार ५२३ मत प्राप्त गरी निवार्चित हुनुभएको छ । उहाँको निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार कौशलीया साहले २ हजार ६२७ मत प्राप्त गर्नुभएको छ।