रोल्पाको परिवर्तन गाउँपालिकामा कांग्रेस–एमाले गठबन्धनलाई हराउँदै माओवादी विजयी
रोल्पाको परिवर्तन गाउँपालिकामा कांग्रेस र एमालेको गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रका अध्यक्ष र उपाध्यक्ष नै विजयी भएका हुन् ।
अध्यक्षमा माओवादीका सुकबहादुर बुढाले ३३११...
काठमाडौँ। कालिकोटको पचालझरना गाउँपालिकामा नेकपा एमाले–नेपाली कांग्रेस गठबन्धनलाई हराउँदै नेकपा माओवादी केन्द्र विजयी भएको छ।
एमाले र कांग्रेसबीच गठबन्धन भएको सो पालिकामा माओवादी केन्द्रका देवराज शाही २ हजार ३६२ मत ल्याएर विजयी भएका हुन्।
उजदयपुर – उदयपुरको ताप्ली गाउँपालिकामा माओवादी केन्द्रका ढुङ्गराज विश्वकर्मा विजयी हुनुभएको छ ।
सत्ता गठबन्धनबाट निर्वाचनमा उम्मेद्वार बनेका बिश्वकर्मा नेकपा एमालेका बाबुराम राईलाइ ३८ मतले हराउँदै विजयी हुनुभएको हो । निर्वाचित विश्वकर्माले १ हजार ७८७ मत प्राप्त गर्दा राईले १ हजार ७४९ मत प्राप्त गर्नुभएको छ। त्यस्तै उपाध्यक्षमा एमालेकी धनमाया मगरलाई हराउँदै नेपाली कांग्रेसकी घना राई निर्वाचित हुनुभएको छ।
भोजपुरको आमचोक गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा एमालेका संयूक्त उम्मेदवारलाई हराउँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष र उपाध्यक्ष दुबै निर्वाचित भएका छन्। माओवादी केन्द्र विरुद्ध गठबन्धन गरेका काँग्रेस र एमालेका दुबै उम्मेदवार पराजित भएका छन्। माओवादीका अध्यक्षका उम्मेदवार अशोक राईले ३६८६ मत ल्याएर विजयी भएका छन् भने गठबन्धनका संयूक्त उम्मेदवार एमालेका वसन्त राईले ३२५८ मत ल्याएर पराजित भएका छन्।काँग्रेस एमालेका संयुक्त उम्मेदवार वसन्तलाई माओवादीका अशोकले ४२८ फराकिलो मत अन्तरले पराजित गरेका छन
रोल्पाको थवाङ गाउँपालिकामा विप्लव नेतृत्वको नेकपासहित नेपाली कांग्रेस, नेकपा एमालेको गठबन्धनलाई हराउँदै माओवादी केन्द्रका अध्यक्ष र उपाध्यक्ष निर्वाचित भएका छन् ।