काठमाडौं, २५ मङ्सिर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कसैले धम्क्याउँदैमा चिकित्सा शिक्षा ऐन संशोधनको प्रक्रियाबाट सरकार पछि नहट्ने बताएका छन् । आज भरतपुरमा पत्रकारसँग कुराकानी गर्दै उनले ऐन संशोधनका विषयमा मन्त्रिपरिषद्मा छलफल भइरहेको बताएका हुन् । मन्त्री बस्नेतलेअभियन्ता डा. गोविन्द केसीप्रति लक्षित गर्दै कोही ‘सुत्छु’ भन्दै धम्क्याउँदैमा सरकार ऐन संशोधनबाट पछि नहट्ने बताए । […]