सुर्खेतका चार पालिकामा कोरोनाविरुद्धको खोप लगाउन थालिएको छ । वीरेन्द्रनगर नगरपालिका, पञ्चपुरी नगरपालिका, चिङ्गाड गाउँपालिका र चौकुने गाउँपालिकामा खोप लगाउन थालिएको हो । १२ वर्षमाथिकालाई चैत १ देखि ३ गतेसम्म खोप लगाइने जनाइएको छ । स्वास्थ्य सेवा कार्यालय सुर्खेत र इपिक नेपालको संयुक्त आयोजनामा कोरोनाविरुद्धको खोप लगाउन लागिएको हो । जिल्ला स्वास्थ्य सेवा कार्यालय सुर्खेतका खोप फोकल पर्सन घनश्याम बुढाले पश्चिम सुर्खेतका बासिन्दा रोजगारका लागि भारततिर जाँदा विगतमा खोप छुटेकाले खोप लगाउन थालिएको हो । पञ्चपुरी, चौकुने, बराहताल पालिकाका बासिन्दा मौसमी रोजगारीका लागि भारततिर जाने गर्छन् । अहिले उनीहरू घर फर्कन थालेकाले पुनः खोप लगाउन लागिएको छ । चैत १ देखि ३ सम्म कोरोनाको पुनः खोप लगाइने जनाइएको छ ।