बैतडी : बैतडीमा आगामी आइतबारदेखि कोरोनाविरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ। अभियान साउन २१ गतेसम्म सञ्चालन हुने कार्यालय प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। खोप लगाउनका लागि प्रत्येक वडामा खोप केन्द्र तोकिएका छन्। ठूलो वडामा आवश्यकता अनुसार खोप केन्द्र विस्तार गरिने भट्टले बताए। अभियानमा ५५ देखि ६० वर्ष उमेर समूहका नागरिकलाई खोप लगाइने छ। यस्तै‚ शिक्षक, कर्मचारी, सवारी चालक र सहचालकहरुलाई खोप लगाइने भएको हो।खोप अभियानअन्तर्गत साउन १७ र १८ गते पाटन नग