काठमाण्डौ - काठमाण्डौ महानगरपालिकामा रोकिएको कोरोनाविरुद्धको खोप कार्यक्रम आजदेखि फेरि सुरु हुँदैछ ।
यसअघि गएको २५ र २६ गते ६२, ६३ र ६४ वर्षका नागरिकलाई खोप लगाएपछि अभाव भएको भन्दै महानगरपालिकाले रोकेको थियो । तर स्वास्थ्य मन्त्रालयले खोप उपलब्ध गराएकाले आज र भोलि ६० र ६१ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाइने महानगरपालिकाको सहरी स्वास्थ्य तथा खाद्यपदार्थ नियमन विभागका प्रमुख हरि कुँवरले जानकारी दिनुभयो । यसअघि वडा-वडामा दिइएको खोप अब भने चार वटा अस्पतालबाट मात्रै दिइने छ ।
वीर अस्पताल, शिक्षण अस्...