संखुवासभा : तिब्बतसँग सीमा जोडिएका संखुवासभाको भोटखोला र मकालु गाउँपालिकामा १८ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइने भएको छ। यस क्षेत्रका १० हजार जनालाई खोप लगाइने स्वास्थ्य कार्यालय संखुवासभाका प्रवक्ता रोशन श्रेष्ठले बताए।उत्तरी क्षेत्रको दुर्गम भोटखोलामा पहिलो चरणमा असार १३ देखि १५ गतेसम्म खोप सञ्चालन गरिने गाउँपलिका अध्यक्ष तेम्बा भोटेले जानकारी दिए। १८ वर्षभन्दा माथिका नागरिकलाई खोप कार्यक्रममा सहभागी हुन अध्यक्ष भोटेले अनुरोध गरे। भोटखोलाको १९ स्थानमा खोप केन्द्र तोकिएको छ।