पार्टी निर्देशनविपरित माओवादी केन्द्र नेतृत्वको सरकारमा सहभागी भएको भन्दै सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीलाई एमाले सुदूरपश्चिम प्रदेश कमिटीले २४ घण्टे स्पष्टीकरण सोधेको छ । मन्त्री बनेका पूर्णा जोशी, लालबहादुर खड्का, दीर्घ सोडारी, चुन कुमारी चौधरी, अर्चना गहतराज र मना साउदलाई स्पष्टीकरण सोधिएको खबर राजधानी दैनिकमा छापिएको छ ।