नेकपा एमालेले पार्टीका थप तीन जना सांसदसँग स्पष्टीकरण सोधेको छ ।
पार्टी हित विपरितका गतिविधिमा संलग्न रहेको भन्दै अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले प्रतिनिधि सभाका तीन जना सांसदसँग स्पष्टीकरण सोधेका हुन् ।
समानुपातिक सांसदहरु समिना हुसेन, कलिला खातुन, गंगा चौधरी सत्गौवालाई स्पष्टीकरण सोधिएको एमाले संसदीय बोर्ड स्रोतले बतायो । शुक्रवार स्पष्टीकरण सोधिएकामा उनीहरुले जवाफ फर्काइसकेका छन् ।
एमले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले तीनै जनाको जवाफ आएको लोकान्तरलाई जानकारी दिए । जवाफमा ...