महाेत्तरी – महोत्तरी प्रहरीले सम्सीमा डकैती भएको चार महिनापछि घटनाका मुख्य योजनाकारलाई पक्राउ गर्न सफल भएकाे छ ।
सम्सी गाँउपालिका १ पर्सा देवाडमा भएको डकैती घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सर्लाही लालबन्दी नगरपालिका २ पुनर्वासका ४२ वर्षीय विश्वनाथ पासवानलाई पक्राउ गरेको हो ।
सोनमा गाँउपालिका ३ बाट पक्राउ गरेका पासवानलाई बिहीवार जिल्ला प्रहरी कार्यालय महोत्तरीले जलेश्वरमा पत्रकार सम्मेलन गरेर सार्वजानिक गरिएको हो ।
प्रहरीका अनुसार पासवानलगायतका हतियारधारी समूहले गएकाे असार ३ गते राति स्थानीयव...