आगामी मंसिर ४ मा तोकिएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सर्लाहीमा सत्ता गठबन्धनका उम्मेदवारीविरुद्ध ८ जना ‘बागी’ उठेका छन् । सबै ८ जना माओवादी केन्द्रका नेता हुन् । पार्टी केन्द्र र जिल्लाले पटक–पटक उम्मेदवारी फिर्ता लिन दबाब दिए पनि उनीहरूले मानेनन् ।