जनकपुरधाम- मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सर्लाहीमा उम्मेदवार बनेकाहरूमध्ये ३८ जनाले मात्र आफ्नो जमानत बचाउन सकेका छन्। प्रतिनिधिसभा र प्रदेशसभा गरी २०२ जना उम्मेदवार बनेकोमा ३८ जनाको जमानत बचेको जिल्ला निर्वाचन कार्यालय, सर्लाहीले जनाएको छ। जमानत बचाउनेमा राजनीतिक दलका ३० र ८ जना स्वतन्त्र उम्मेदवार रहेका छन्। यस्तै, १६४ जनाको जमानत जफत […]