काठमाण्डाै – अमेरिकाले आउँदो महिनादेखि सबै अमेरिकी नागरिकलाई कोरोनाविरुद्धको खोपको तेस्रो मात्रा लगाउने भएको छ । सबैभन्दा पहिले आठ महिना अगाडि खोप दिइएका स्वास्थ्यकर्मी, नर्सिङ होममा बस्नेहरू र वृद्धवृद्धालाई बुस्टर मात्रा दिएर त्यसपछि लगातार सबै नागरिकलाई बुस्टर मात्रा लगाउने अमेरिकी अधिकारीहरूलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।
कोरोना भाइरसको डेल्टा भेरियन्टका कारण सङ्क्रमण बढेको र समयसँगै खोपको प्रभावकारिता घट्दै जाने विवरणहरू प्राप्त भएकाले बुस्टर डोज लगाउन लागेको राष्ट्रपति जो बाइडनका प्रमुख मेडिकल सल्लाहकार डा...