भुटानले लगाउन थाल्यो कोरोनाविरुद्ध खोपको बुस्टर मात्रा

भुटानले कोरोनाविरुद्ध खोपको बुस्टर मात्रा भुटानीहरुलाई लगाउन थालेको छ।कोरोनाको ओमिक्रोन भेरिएन्टबाट सुरक्षित बनाउन शुक्रबार ज्येष्ठ नागरिक तथा खोपको प्राथमिकतामा परेका समूहलाई बुस्टर मात्रा लगाउन थालेको भुटानको स्वास्थ्य मन्त्रालयले जनाएको छ।६५ वर्षमाथिका भुटानी, विदेश जाने नागरिक, स्वास्थ्यकर्मी, दीर्घरोगी र कोरोना संक्रमणको अत्यधिक जोखिममा रहेकाहरूलाई बुस्टर मात्रा लगाउन थालिएको भुटानी स्वास्थ्य मन्त्रालयका अधिकारीले जनाएका छन्।बेलायती सञ्चारमाध्यम बिबिसीका अनुसार दक्षिण एसियाली राष्ट्रमध्ये भ