शारदा नपामा कांग्रेस र कपुरकोटमा समाजवादी विजयी

सल्यान । सल्यानको शारदा नगरपालिकामा नेपाली कांग्रेसका प्रकाश भण्डारीले ६ हजार १२७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मनोज प्रधानले चार हजार ९३७ मत प्राप्त गरेका छन् । यसैगरी उपप्रमुखमा कांग्रेसकै सुस्मिता सापकोटाले पाँच हजार ३८० मत प्राप्त विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका रमेश गौतमले चार हजार ५२२ मत प्राप्त गरेका छन् । शारदा नपामा यसअघि पनि दुवै पदमा कांग्रेस विजयी भएको थियो । नगरपालिकाभित्रका १५ वडामध्ये कांग्रेसले आठ वडाध्यक्ष, एमालेले पाँच र माओवादी र समाजवादीले एक–एक वडाध्यक्ष जितेका छन् । यस्तै, कपुरकोट गाउँपालिकामा एकीकृत समाजवादीका दुर्गा पुनले तीन हजार १६० मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका भीमबहादुर सेनले दुई हजार ९३६ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा माओवादीका प्रकाश भण्डारी तीन हजार २४० मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका भीम बुढाथोकीले दुई हजार ७४५ मत प्राप्त गरेका छन् । छवटा वडा रहेको कपुरकोटमा तीन वडामा एमाले, एक वडामा कांग्रेस, एक वडामा माओवादी र एक वडामा राप्रपा विजयी भएका छन् । दशओटा स्थानीय तह रहेको जिल्लामा हालसम्म पाँच स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको छ भने पाँच तहमा मतगणना भइरहको छ । हालसम्मको मतपरिणाम अनुसार कालीमाटी र छत्रेश्वरी गाउँपालिकामा एमाले, वागचौर, वनगाड, कुपिण्डे नगरपालिका र दार्मा गाउँपालिकामा माओवादीको अग्रता कायम छ । रासस

सम्बन्धित सामग्री

भ्यागुताको धार्नी पुर्याउन कांग्रेस लाग्नु हुँदैन : कांग्रेस नेता पौडेल

कांग्रेस नेता प्रदीप पौडेलले कांग्रेस सरकार बनाउने खेलमा लाग्न नहुने बताएका छन् । आइतबार शिक्षक संघ बागमती प्रदेशको चौथो अधिवेशनमा नेता पौडेलले कांग्रेसले रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्नुपर्ने बताएका हुन्...

यसकारण सुध्रिनुपर्छ कांग्रेस

सातै प्रदेश सरकारमा कांग्रेस छ, कुनै प्रदेशमा सरकारको नेतृत्व पनि उसले गरेको छ। तर पनि कांग्रेस बिग्रियो, भत्कियो भन्ने चिन्ता नेता, कार्यकर्ता, शुभेच्छुक र शुभचिन्तकमा मात्र होइन, आलोचक र प्रतिस्पर्धी दलका नेताहरूमा पनि छ।...

यसकारण सुध्रिनुपर्छ कांग्रेस

सातै प्रदेश सरकारमा कांग्रेस छ, कुनै प्रदेशमा सरकारको नेतृत्व पनि उसले गरेको छ। तर पनि कांग्रेस बिग्रियो, भत्कियो भन्ने चिन्ता नेता, कार्यकर्ता, शुभेच्छुक र शुभचिन्तकमा मात्र होइन, आलोचक र प्रतिस्पर्धी दलका नेताहरूमा पनि छ।...

‘कांग्रेस सुदृृढ र सशक्त बन्नुपर्छ’

सिमकोट – कांग्रेसका नेता–कार्यकर्ताहरूले कांग्रेस सुदृृढ तथा सशक्त बन्नुपर्ने बताएका छन्। नेपाली कांग्रेस हुम्लाको प्रदेश कार्यसमिति (ख) को प्रथम क्षेत्रीय सम्मेलनका क्रममा नेता–कार्यकर्ताले कांग्रेस सुदृृढ तथा सशक्त बन्नुपर्नेमा जोड दिए। नेपाली कांग्रेस हुम्लाका पार्टी उपसभापति एवं कावा सभापति कैलाश भण्डारीले जिल्लामा सक्षम र सवल कांग्रेस बनाउनुु अहिलेको आवश्यकता रहेको बताए। प्रथम क्षेत्रीय सम्मेलनमा नेता भण्डारीले […]

कांग्रेस दार्चुलाका पूर्वजिल्ला सभापति कांग्रेस (विपी)मा प्रवेश

डडेल्धुरा : नेपाली कांग्रेस दार्चुलाका पूर्वजिल्ला सभापति मानबहादर चन्द नेपाली कांग्रेस (विपी)मा प्रवेश गरेका छन्। नेपाली कांग्रेस (विपी)का वरिष्ठ उपसभापति कर्णबहादुर मल्लले उनलाई बुधबार पार्टी प्रवेश गराएका हुन्।हाल कञ्चनपुरको बेदकोट नगरपालिका–७ सुडा बस्दै आएका चन्द पार्टी प्रवेश गर्न नेपाली कांग्रेस विपी जिल्ला कार्य समिति डडेल्धुराको पार्टी कार्यालय किसुनजी भवनमा पुगेका थिए।चन्दले २०२९ सालमा नेविसंघबाट राजनीतिक यात्रा शुरु गरेका थिए। २०३६ सालमा नेपाली कांग्रेसमा सक्रिय भई बहुदलको प

कांग्रेस महामन्त्री शर्माको गृहनगरमा कांग्रेस पराजित

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको गृहनगर मेचीनगर नगरपालिकामा कांग्रेस पराजित भएको छ । शर्माले मतदान गरेको नगरपालिकामा कांग्रेस पराजित भएको हो। मेचीनगर नगरपालिबाको प्रमुख र उपप्रमुख दुवैमा एमाले विजयी भएको छ...

झापा गाउँपालिकामा कांग्रेस विजयी

झापाको झापा गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। गाउँपालिका अध्यक्ष उपाध्यक्षमा कांग्रेस विजयी भएको हो। गाउँपालिकाको अध्यक्षमा जयनारायण साह विजयी भए। उनी यसअघि पनि गाउँपालिकाको अध्यक्ष थिए। साहले ६ हजार ९९८...

कांग्रेस बागलुङको अभियान ‘जनतासँग कांग्रेस’

नेपाली कांग्रेस बागलुङले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर ‘जनतासँग नेपाली कांग्रेस’ अभियान संचालन गर्ने भएको छ । जिल्लाका दशवटै स्थानीय तहका  प्रत्येक गाउँ वडा र टोलसम्म पुग्ने गरी उक्त...

कांग्रेस महाधिवेशनमा भाजपा र कांग्रेस आईका नेताले सम्बोधन गर्ने

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा छिमेकी देश भारतका मुख्य २ दलका प्रतिनिधिले सम्बोधन गर्ने भएका छन् । शुक्रवार हुने उद्घाटन समारोहमा सत्तारुढ भाजपा र विपक्षी कांग्रेस आईका प्रतिनिधिले सम्बोधन गर्ने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।  कांग्रेस महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरू बिहीवार नै काठमाडौं आइपुग्दैछन् । अन्य देशका नेताहरू सहभागी नहुने भएका छन् । सोसलिस्ट इन्टरनेसनलको सदस्य रहेको कांग्रेसले अन्य देशका नेतालाई पनि आमन्त्रण गरेको थियो । महाधिवेशन उद्घाटन समारोहलाई कांग्रेसका पदाधिकारी र प्र...

कांग्रेस कालिकोटको सभापतिमा शाही

नेपाली कांग्रेस कालिकोटको सभापतिमा अम्बबहादुर शाहीलाई सर्वसम्मत चयन गरेको छ । आइतबार बसेको नेपाली कांग्रेस कालिकोटले शाहीलाई सर्वसम्मत चयन गरेको हो ।  नेपाली कांग्रेस कालिकोटको सातौ जिल्ला अधिबेशनबाट उपसभापतिमा देउवा पक्षका...