काठमाडौं : नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगेको छ। प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको निर्णयलाई काउण्टर दिनका लागि बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले समानान्तर कमिटी गठन गरेको हो। एमालेका जारी केन्द्रीय कमिटीको बैठकले समानान्तर कमिटी गठन गरेको हो। जसअनुसार प्रदेश १ को संयोजकको जिम्मा भीम आचार्य, प्रदेश २ को घनश्याम भुसाल, वागमती प्रदेशको अष्टलक्ष्मी शाक्य र गण्डकीकाे जिम्मा सुरेन्द्र पाण्डेलाई दिइएकाे छ। यस्तै लुम्बिनी र कर्णालीको जिम्म