किशोरीलाई बलात्कार गरेको अभियोगमा एकजना पक्राउ

४ वैशाख, काठमाडौं । १५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा सप्तरीबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ । कञ्चनरुप नगरपालिका–७ बलुवाका १९ वर्षीय सुनिलकुमार यादवलाई शुक्रबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ । यादवले किशोरीलाई बलात्कार गरी फरार भएको भन्ने खबर आएपछि इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप […]

सम्बन्धित सामग्री

पाँचथरमा बलात्कार आरोपमा एकजना पक्राउ

पाँचथर – पाँचथरको मिक्लाजुङ गाउँपालिकामा फरक क्षमता भएकी बालिका बलात्कार गरेको आरोप लागेर फरार भएका ५० वर्षीय गंगा राईलाई प्रहरीले सदरमुकाम फिदिमबाट पक्राउ गरेको छ। राईले साउन २९ गते बालिका बलात्कार गरी फरार रहेको पीडितका आफन्तले प्रहरीमा जाहेरी दिएका थिए । राईलाई मंगलवार साँझ ५ बजे सदरमुकाम फिदिमबाट पक्राउ गरी पाँचथर जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी दिवस कुँवरले जानकारी दिनुभयो । यस्तै पाँचथर प्रहरीले नागरिकता किर्ते अभियोगमा पाँचथ...

बालिका बलात्कार आरोपमा एकजना पक्राउ

दाङ : दाङमा ८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई  पक्राउ गरेको छ। पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका-५ का करिब २९ वर्षीय चमन बिक रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।बिकले मंगलबार दिउँसो सोही ठाउँकी ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए।उनलाई  तुलसीपुर उपमहानगरपालिका-१८ बिजौरीस्थित आफन्तको घरमा लुकिछिपी बसिरहेको अवस्थामा बुधबार बिहान पक्राउ गरिएको प्रहर

नाबालिगलाई बलात्कार गरेर फरार रहेका एकजना पक्राउ

नाबालिगलाई बलात्कार गरेर फरार रहेका बर्दिया जिल्लाको गुलरिया नगरपालिका-१२ बस्ने अन्दाजी ४० वर्षका  श्रीराम चमार पक्राउ परेका छन् । चमारमाथि गत चैत १५ गते सोही स्थान बस्ने ६ वर्षकी नाबालिगलाई घरमा कोही नभएको मौका छोपी जबरजस्ती करणी गरेको आरोप छ ।घटनाको सूचना पाएपछि चमारलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालयबाट टोली परिचालित गरे पनि उनी घटनास्थलबाटै फरार रहेका थिए । उनको खोजतलास गर्दै जाने क्रममा लुकिछिपी बसेको अवस्थामा साउन २ गते पक्राउ गरिएको  प्रहरी नायव उपरीक

१३ वर्षकी बालिका बलात्कार आरोपमा एकजना पक्राउ

पोखरामा बालिका बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् । पोखराको लभ्लीडाँडामा बालिकालाई ललाई फकाइ लगेर बलात्कार गरेको आरोप उनीमाथि छ ।पर्वत कुश्मा नगरपालिका ६ दुर्लुङका २४ वर्षीय खीमबहादुर विक पक्राउ परेका हुन् । उनीमाथि जिल्ला अदालत कास्कीबाट १० दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको कास्की प्रहरीका निमित्त प्रवक्ता ज्ञानबहादुर खड्काले जानकारी दिए ।बालिकाको स्वास्थ्य परीक्षण गर्दा करणी भएको पुष्टि भएको र उनलाई उपचारपश्चात् अभिभावकको जिम्मा लगाइएको छ ।

ललितपुरमा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा एक पक्राउ

ललितपुरको सुनाकोठीमा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।

पाल्पामा किशोरी बलात्कार आरोपमा एकजना पक्राउ

पाल्पा : पाल्पामा किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा तानसेन नगरपालिका–५ कैलाशनगरका ४१ वर्षीय वीरबहादुर पौडेल क्षेत्री रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक गौतम बोहराले बताए।मंगलबार राति ८ बजे तिनाउ गाउँपालिका–३ सिद्दबाबास्थित पावर हाउस नजिकै रहेको प्रतिक्षालयमा १९ वर्षीय ती किशोरीलाई बलात्कार गरेको उनले बताए। पीडितले दिएको उजुरीको आधारमा उनलाई बुधबार पक्राउ गरिएको हो। जबरजस्ती करणी सम्बन्धि मुद्दा दर्त

१३ वर्षीया बालिका बलात्कार आरोपमा एकजना पक्राउ

काठमाडौं : अनलाइन गेम ‘फ्री फायर’ खेल्ने बहानामा १३ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा काठमाडौंबाट एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका–८ मातातीर्थका २७ वर्षीय महेश उदास रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।  प्रहरीका अनुसार उनले नाबालिकालाई पाल्पाबाट ल्याई बलात्कार गरेका थिए। बलात्कृत बालिकालाई प्रहरीले मातातीर्थबाट उद्धार गरेको थियो। अदालतबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको काठमाडौं परिसरका प्रवक्ता एसपी दिनेश म

बालिका बलात्कार आरोपमा एकजना पक्राउ

पाल्पा : पाल्पामा बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।तिनाउँ गाउँपालिका–१ कचलका ४८ वर्षीय पुरुषलाई पक्राउ गरिएको परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए। उनका अनुसार ती पुरुषले  १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेको छ। बिहिबार नियन्त्रणमा लिइ घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ

७ वैशाख, वीरगञ्ज । वीरगञ्जमा सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका–२४ का ३६ वर्षीय प्रमोद सर्राफलाई प्रहरीले पक्राउ गरेको हो । उनीविरूद्ध सोमबार छिमेकी बालिकालाई १० रुपैयाँ दिएर ललाइफकाइ बलात्कार गरेको अभियोग लागेको प्रहरीले जनाएको छ । जबर्जस्ती करणी मुद्दामा  पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद अनुमति लिई […]

१४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा झापाको दुर्गापुरबाट एकजना पक्राउ

झापा– आफ्नो संरक्षणमा रहेका नातेदार १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा झापाको दुर्गापुरबाट एकजना पक्राउ परेका छन् ।पीडित परिवारको तर्फबाट इलाका प्रहरी कार्यालय बिर्तामोडमा किटानी जाहेरी दर्ता गरेपछि प्रहरीले पिडकलाई पक्राउ गरेको हो । बिगत तीनवर्षदेखि आफैले संरक्षण गरेर घरमा राखेको बालिकालाई बलात्कार गरेको अभियोगमा उनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले […]