आइसोलेसन र कोभिड अस्पताल प्रयोगविहीन, घरघरमा संक्रमित

दोस्रो लहरको संक्रमण सुरु भएसँंगै जुम्लामा वैशाख ९ गतेदेखि हालसम्म पीसीआर र एन्टिजेनतर्फ गरी जम्मा १ सय ९९ जना संक्रमित भएका छन् । जसमध्ये बुधबारसम्मको विवरण हेर्दा २६ जनामात्रै कर्णाली प्रतिष्ठानको आइसोलेसनमा भर्ना भएका छन् भने, हालसम्म १७ जना संक्रमणमुक्त भइ घर फर्किएका छन् । साथै अन्य १ सय ५६ जना संक्रमित होम आइसोलेसनमा बसेका […]

सम्बन्धित सामग्री

पुनः भरिन थाले कोभिड अस्पताल र आइसोलेसन

विगत केही दिनदेखि खाली रहेका कालीकोटका कोभिड–१९ विशेष अस्पताल र आइसोलेसन फेरि पुनः भरिन थालेका छन् । स्वास्थ्य सेवा कार्यालय कालीकोटका अनुसार जिल्लामा कोभिड–१९ संक्रमण दर दिनप्रतिदिन बढ्दै गएको छ । संक्रमण नियन्त्रणका लागि सावधानी नअपनाउँदा संक्रमित बिरामीले अस्पताल तथा आइसोलेसन कक्ष फेरि भरिन थालेका हुन् ।  जिल्लामा दिनप्रतिदिन कोभिड–१९ संक्रमण बढिरहेको स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत कटक महतले बताए । ‘विगतमा शून्यमा झरेको कोभिड–१९ संक्रमण दर अहिले बढिरहेको छ,&rsq...

संक्रमितलाई चिकित्सक भेट्नै हम्मे

कोरोना संक्रमण उत्कर्षमा पुगिरहेका बेला कोभिड अस्पताल र आइसोलेसन सेन्टर भरिभराउ थिए । तर आफैं संक्रमित भए परिवार पनि जोखिममा पर्ने डरले कतिपय चिकित्सक कोभिड बिरामीको सम्पर्कमा गइहाल्न हच्किन्थे ।

जिल्ला अस्पताल रुकुममा अब कोभिडको मात्र उपचार

रुकुम । रुकुम जिल्ला अस्पतालमा अब कोरोना संक्रमितको मात्र उपचार गरिने भएको छ । लक्षणसहितका संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला अस्पतालका सबै शøयामा कोभिडका बिरामीको उपचार गर्न थालिएको हो । यसअघि केही शøयामा मात्रै उपचार भइरहेको थियो । कोभिड संक्रमित बिरामी बढ्दै गएपछि शøया थपिएको स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य व्यवस्थापक विष्णुबहादुर बुढाथोकीले बताए । उनका अनुसार–स्वास्थ्य सेवा कार्यालय, स्टोर, आयुर्वेदिक शाखा, अस्पताल व्यवस्थापन समितिको कार्यालय, कार्यकक्ष सबैमा कोरोना संक्रमितको उपचारका लागि शøयाको व्यवस्था गर्न थालिएको छ । ती ठाउँमा सञ्चालित कार्यालयलाई केही समय बाहिरै राखेर सञ्चालन गरिने बुढाथोकीले बताए । ‘फरक–फरक ठाउँमा कोभिड अस्पताल सञ्चालन गर्दा समस्या आउने भएपछि जिल्ला अस्पतालमा कोरोना संक्रमितको मात्र उपचार गर्न लागिएको हो,’ उनले भने । अहिले करीब डेढ दुई किमी दूरीको दुई ठाउँमा कोरोना संक्रमितलाई राखिएको छ । यसअघि जिल्ला अस्पताल र र मुसीकोट नगरपालिकाले भाडामा लिएका निजी अस्पतालमा कोरोना संक्रमितलाई उपचारका लागि राखिएको थियो । नियमित तथा अरू रोगका बिरामीको उपचार भने नगरपालिकाले भाडामा लिएको भवनमा गरिने जिल्ला अस्पतालका डा. राजकुमार भुजेलले बताएका छन् । ‘त्यसका लागि स्वास्थ्य सेवा कार्यालयले डाक्टर तथा स्वास्थ्यकर्मीको कार्यविभाजन गरेको छ,’ उनले भने । अरू नियमित बिरामीको पनि उपचार गर्नेगरी वैकल्पिक व्यवस्था मिलाइएको डा. भुजेलले बताए ।  यसअघि दुई ठाउँमा कोरोना संक्रमित राखे पनि डाक्टर तथा स्वास्थ्यकर्मीको अभाव देखिएको थियो । अहिले जिल्ला अस्पतालमा आठ शøयाको आइसोलेसन सञ्चालनमा छ । अब कोरोना संक्रमितको उपचारका लागि मात्रै आइसोलेसनसहित जिल्ला अस्पतालमा ७२ शøया हुनेछन् । अस्पतालले एम्बुलेन्स र शववाहन पनि खरीद गर्ने तयारी गरेको डा. भुजेलले बताए ।

अक्सिजनसहितको आइसोलेसन कक्ष निर्माणमा जुटे सुर्खेतका स्थानीय तह

सुर्खेत । दोस्रो चरणको कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि सुर्खेतका स्थानीय तह अक्सिजनसहितको आइसोलेसन कक्ष निर्माणमा जुटेका छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका,  चौकुने गाउँपालिका, गुर्भाकोट नगरपालिका र पञ्चपुरी नगरपालिकामा कोरोना संक्रमितको उपचारका लागि अक्सिजनसहितको आइसोलेसन कक्ष निर्माण गरिएको हो । यस्तै, लेखबेंसी नगरपालिका, सिम्ता गाउँपालिका, चिङगाड गाउँपालिका र बराहताल गाउँपालिकाले समेत अक्सिजनसहितको आइसोलेसन कक्ष निर्माण प्रक्रिया अघि बढाएका छन् । पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकाले अक्सिजनसहितको आइसोलेसन कोरोना अस्पताल स्थापना गरेको जनाएको छ । मेहेलकुना अस्पताल र गुर्भाकोट नगरपालिकाको संयुक्त लगानीमा सिटी हल मेहेलकुनामा अस्थायी कोरोना अस्पताल स्थापना गरिएको हो । कोरोना संक्रमण तीव्र बनेपछि नागरिकको उपचारलाई सहज बनाउन अक्सिजनसहितको आइसोलेसन र कोभिड अस्पताल निर्माण गरिएको नगरप्रमुख हस्तबहादुर पुनले बताए । तत्कालका लागि २५ बेडको अक्सिजनसहितको आइसोलेसन निर्माण गरे पनि आवश्यक परे सिटी हलमै २० बेड थप्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए । पुनका अनुसार सेवा–सुविधासहित कोरोना संक्रमितको व्यवस्थापन गर्न उप–प्रमुख, नगरपालिकाको स्वास्थ्य शाखा, मेहेलकुना अस्पताललगायतको टिम परिचालन गरिएको छ । ‘कोरोना संक्रमितको व्यवस्थापनमा थप आर्थिक तथा प्राविधिक सहयोग आवश्यक परे जिल्ला स्वास्थ्य कार्यालय, सामाजिक विकास मन्त्रालय एवं प्रदेश सरकारसँग समन्वयका लागि पूर्वतयारी गरिरहेका छौँ’, पुनले भने । पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाले समेत सुविधासम्पन्न अक्सिजनसहितको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको जनाएको छ । चौकुने गाउँपालिका–६ स्थित जीवनज्योति माध्यमिक विद्यालयमा पालिकाले सोमबारदेखि अक्सिजनसहितको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको हो । भारत कमाउन गएका नागरिक गाउँ फर्किन थालेसँगै कोरोना संक्रमितको संख्या बढ्न थालेपछि अक्सिजनसहित आइसोलेसन कक्ष निर्माण गरिएको गाउँपालिका अध्यक्ष  धीरबहादुर शाहीले बताए । तत्कालका लागि १२ बेडको आइसोलेसन बनाइएपनि आवश्यक परे ५० बेडसम्मको बनाउन सकिने उनले जानकारी दिए । दशाहीका अनुसार १२ बेडको आइसोलेसन सेन्टरमा हाल ६ वटा अक्सिजन सिलिन्डर रहेका छन् । उनले थप अक्सिजन सिलिन्डर खरिदका लागि आवश्यक प्रक्रिया सुरु भइसकेको बताए । ‘भारतबाट गाउँ फर्किने युवाहरूको संख्या बढ्दै गएकाले कोरोना संक्रमणको जोखिमसमेत बढेको छ,’ उनले भने, ‘संक्रमण फैलिन नदिन गाउँपालिकाले सचेतना अभियान सञ्चालन गर्नुका साथै शंकास्पद व्यक्तिमाथि निगरानी बढाएको छ ।’ गाउँपालिकामा हाल ५ जना कोरोना संक्रमित उपचाररत छन् । स्थानीय तहले अस्थायी रूपमा निर्माण गरेका कोरोना अस्पतालका बिरामीको अवस्था असामान्य भए आईसीयू वा भेन्टिलेटरमा राख्न प्रदेश अस्पतालमा रेफर गर्ने व्यवस्था मिलाएको छ । जिल्लाभरि कोरोना संक्रमितको संख्या बढ्दै जाँदा उपचारका लागि स्वास्थ्यकर्मीको संख्या कम हुँदै गएको छ । कर्णाली प्रदेश सरकारले तत्कालै करारमै भए पनि स्वास्थ्यकर्मीको अभावलाई पूरा गर्न आवश्यक प्रक्रिया सुरु भइसकेको जनाएको छ ।

जंगलमा त्रिपालमुनि संक्रमितको बास

कोरोना संक्रमित सिंजा गाउँपालिका–२ घोडेङ्गा गाउँका स्थानीय चन्द्रवीर तिरुवा जंगलमा त्रिपालमुनि बस्न बाध्य भएका छन् । एक साताअघि पीसीआर जाँच गर्दा कोरोना पुष्टि भएका तिरुवालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले होम आइसोलेसन अथवा स्थानीय तहको आइसोलेसनमा बस्न भन्दै घर पठाएको थियो ।तर पालिकामा ५ बेडको कोभिड अस्पताल भए पनि स्रोतसाधन केही नभएकाले बस्ने स्थिति रहेन । […]

उदयपुरमा आइसोलेसन प्रमुख आफै संक्रमित

कोभिड महामारी सुरु भएदेखि अग्रमोर्चामा रहेर जनतालाई सुरक्षा दिदै आएका ‘उदयपुर कोभिड अस्पताल बेलटार’का आइसोलेसन प्रमुख तेजबहादुर पोखरेल आफै संक्रमित हुन पुगेका छन्।

वीरगंजका होटल र धर्मशालालाई आइसोलेसन बनाएर संक्रमित राख्न शुरु

वीरगंज: पर्सामा होटल र धर्मशालालाई आइसोलेसन बनाएर कोभिड १९ का संक्रमित राख्न थालिएको छ। वीरगंज र ग्रामिण भेगका पालिकामा कोरोना महामारी समुदाय स्तरमा फैलिँदा कोभिड अस्पताल भरिभराउ भएपछि घरमै अलपत्र परेका संक्रमितलाई सामुदायिक आइसोलसनको अवधारणामा होटल तथा धर्मशालामा राखिएको हो। वीरगंजको बसपार्कमा रहेको रानीपोखरी होटलमा ५० बेडको सेमिआइसोलेसन बनाएको