कोभिड महामारी सुरु भएदेखि अग्रमोर्चामा रहेर जनतालाई सुरक्षा दिदै आएका ‘उदयपुर कोभिड अस्पताल बेलटार’का आइसोलेसन प्रमुख तेजबहादुर पोखरेल आफै संक्रमित हुन पुगेका छन्।
तनहुँ– बिहीबार तनहुँका ३९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । ८७ जनाको परीक्षण गरिएकोमा ४४.८२ प्रतिशतलाई कोरोना पुष्टि भएको हो । योसँगै जिल्लामा कोरानाका सक्रिय संक्रमितको संख्या ७४४ पुगेको छ । संक्रमित सबै होम आइसोलेसनमा छन् । जिल्ला स्वास्थ्य कार्यालय तनहुँका अनुसार जिल्लाका १२ ठाउँमा १७० बेड क्षमताको आइसोलेसन तयार छन् । तर, कोरोना […]
जिल्लास्थित सबै आइसोलेसनका संक्रमित निको भएर घर फर्केपछि साउन ३२ गतेदेखि सबै आइसोलेसन खाली भएको स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति नीमप्रसाद गिरीले जानकारी दिनुभयो ।
जुम्लाका स्थानीय तहमा बनेका आइसोलेसन सेन्टर प्रयोगविहिन अवस्थामा रहेकाे पाइएकाे छ। अधिकांश कोरोना संक्रमित होम आइसोलेसनमा बसेकाले स्थानीय तहमा बनाइका आइसोलेसन प्रयोग विहिन भएका हुन।
आयुर्वेद चिकित्सालय नरदेवीमा ५० शैय्याको आइसोलेसन सेन्टर स्थापना गरिएको छ ।काठमाडौं महानगरपालिकाको सहयोगमा आयुर्वेद चिकित्सालय नरदेवीमा कोभिड–१९ का बिरामीलाई उपचार गर्नका लागि ५० शैय्याको आइसोलेसन स्थापना गरिएको हो । आइसोलेसन शनिबारदेखि सञ्चालनमा आएको निर्देशक डा. प्रदीप केसीले जानकारी दिए । आइसोलेसनमा कोभिड–१९ संक्रमित बिरामीका लागि आधुनिका चिकित्सा सँगसँगै आयुर्वेदिक जीवनशैली, योग, श्वासप्रश्वास एक्सरसाइज र विभिन्न […]
जुम्ला : चन्दननाथ नगरपालिकामा संस्थागत आइसोलेसन नहुँदा यहाँका कोरोना संक्रमित घरमा नै बस्न बाध्य छन्। घरमा बस्दा स्वास्थ्य मापदण्ड पूरा गर्न गाह्रो हुने भएकाले संस्थागत आइसोलेसन निर्माण गर्न संक्रमितहरुले नगरपालिकालाई आग्रह गरिरहेका छन्।तर, नगरपालिकाकी प्रमुख कान्तिका सेजुवाल भने कोसेली बोकेर संक्रमितको घरघर पुगिरहेकी छन्। आफ्नो घर आएकी नगरप्रमुखलाई संक्रमितहरुले कोसेलीभन्दा पनि संस्थागत आइसोलेसन आवश्यक रहेको बताउँदै आएका छन्।होम आइसोलेनमा बस्ने संक्रमितहरुले स्वास्थ्य मापदण्ड पूरा गर्न नसक्दा स
नेपाल पत्रकार महासंघले कोरोना संक्रमित पत्रकारलाई लक्षित गर्दै आइसोलेसन वार्ड बनाएको छ ।
केन्द्रीय कार्यालय सञ्चारग्राम स्थित आवास गृहलाई अक्सिजन सहितको आइसोलेसन कक्ष स्थापना गरेको हो ।
कोरोना संक्रमित पत्रकारहरुलाई लक्षित गरेर बनाइएको अक्सिजन सहित दश बेडको आइसोलेसन कक्षको अध्यक्ष विपुल पोखरेल लगायतले अवलोकन गरेका छन् ।
महासंघले वैशाख १८ गते कोभिड संक्रमित पत्रकारलाई ध्यान दिँदै केन्द्रीय कार्यालय सञ्चार ग्रामस्थित आवास गृहलाई अक्सिजन सहितको आइसोलेसन कक्ष बनाउने निर्णय गरेको महासचिव रोसन पुरीले जानकारी गराएका छन्...
बाँके : बाँकेको नेपालगञ्ज उप–महानगरपालिकाले होम आइसोलेसनको असुविधा भएका नगरबासी र बाहिरी जिल्लाका कोभिड १९ संक्रमितको सहजताका लागि होटेल ह्वाइट हाउसमा आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ।भारतबाट फर्किने क्रममा जमुनाह नाकामा कोभिड पोजेटिभ भएका व्यक्तिहरूलाई यही आइसोलेसन सेन्टरमा राखिने गरिएको छ। नेपालगञ्ज उपमहानगरपालिका २० मनिकापुरस्थित ह्वाइट हाउस आइसोलेसन सेन्टरमा वैशाख ४ गतेदेखि हालसम्म ५७ जना संक्रमितले सेवा पाएको आइसोलेसन सेन्टरका स्वास्थ्य फोकल पर्सन सिनियर अहेब
धनगढी : आइसोलेसन लैजाने क्रममा कैलालीबाट सातजना कोरोना संक्रमित एम्बुलेन्सबाटै भागेका हुन्।उनीहरू बिहीबार गौरीफन्टा नाका हुँदै नेपाल भित्रिएका थिए। त्रिनगर नाकामा परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो। संक्रमितहरू भारतीय नागरिक हुन्।सेती प्रादेशिक अस्पतालको एम्बुलेन्समा धनगढी-१५ कनरीमा रहेको आइसोलेसनमा पठाउने क्रममा भागेका सँगै बसेका संक्रमितलाई उद्धृत गर्दै त्रिनगर नाकाको हेल्थ डेस्कमा खटिएका स्वास्थ्य कार्यालय कैलालीका कर्मचारी जयराज ढुंगानाले बताए। उनीहरू बेलीको जंगलमा पसेको बताइएको छ।